गोदावरी नगरपालिका वडा नं १ का अध्यक्ष भट्टद्धारा ज्येष्ठ नागरिकलाई न्यानो लुगा बितरण

 

अत्तरीया , पुस २७ ।
कैलालीको गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्षले ज्येष्ठ नागरिकलाई एक कार्यक्रमका विच न्यानो लुगा बितरण गर्नु भएको छ । अध्यक्ष शर्मानन्द भट्टले ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप चिसोबाट बच्नको लागि बल्याङ्केट बितरण गर्नु भएको हो । आफ्नो सेवा सुविधा वाफतको रकम बाट २ सय ५० जना ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेको उहाँले बताउनुभयो । चिसो मौसमलाई मध्यनजर गरी आफुले वितरण गरेको न्यानो लुगाले ज्येष्ठ नागरिकहरुलाई केहि राहत पुग्ने उहाले बताउनुभयो । कार्यक्रममा गोदावरि नगरपालिकाका प्रमुख हरि सिं साउद प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा बोल्नुहुदै नगरपालिकाका प्रमुख साउदले ज्येष्ठ नागरिकहरुको सहयोगका लागि नगरपालिका सधै साथ दिने बताउनुभएको छ । पछिल्लो समय बृद्धा अवस्थामा पुगेपछि बृद्धाआश्रममा पुग्नुपर्ने अवस्था आएको दुखेसो गर्नुहुदै उहाले सो परिपाटिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।  

 

 

प्रतिकृया दिनुहोस

सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात

बैतडी , माघ ०८ । सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ । हिमपातका कारण पाहाडी जिल्लाको जनजिवन प्रभाबित बनेको छ । सुदुरपश्चिमका बैतडी ,

डोटीका स्थानीय तहमा बैंक नहुँदा कामकाजमा समस्या

डोटी , माघ ०७ । डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक

सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाहरु घरमै बच्चा जन्माउदै

अत्तरिया , माघ ०७ । जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन । स्वास्थ्य संस्थाले गत