नेपाली कांग्रेस कैलालीको प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

धनगढी,माघ ५ । 
नेपाली कांग्रेस कैलालीको  प्रशिक्षण कार्यक्रम आज (शनिबार) देखि धनगढीमा सुरु भएको छ ।प्रशिक्षणमा जिल्ला भरका झण्डै ५ सय नेता कार्यकर्ताहरुको उपस्थीति रहेको छ । नेपाली  कांग्रेस कैलालीका सभापती नरनारायण शाह मनुले  प्रशिक्षण कार्यक्रमको पानसमा दिप बालेर उद्घाटन गर्नु भएको छ  ।

 

तालिममा नेपाली कांग्रेसबाट स्थानीयतहमा निर्वाचित र पराजित प्रमुख देखि सदस्य सम्म, प्रदेश र प्रतिनिधी सभामा बिजयी तथा पराजय भएका उम्मेदबारहरु , साविकका गाउँ, नगर, वडा सभापती, पदाधीकारीहरु, जिल्ला कार्य समिति, महाधिवेशन, महासमितिका प्रतिनिधी, पार्टीका बर्तमान र पूर्व केन्द्रीय सदस्य, भातृ संगठनका केन्द्र तथा जिल्लाका पदाधीकारीहरु सहभागि रहेको प्रशिक्षण समन्वय समितिका संयोजक नृप सुनारले बताउनु भयो ।

 

सहभागीहरुलाई कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा,डा.प्रभु बुढाथोकी,नेपाली कांग्रेसका प्रवत्ता बिश्व प्रकाश शर्मा र केन्द्रिय सदस्य रमेश लेखकले प्रशिक्षण दिईरहनु भएको छ ।प्रशिक्षण दुई दिन सम्म चल्ने छ ।   
 

प्रतिकृया दिनुहोस

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं , माघ २८ । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा

नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा

धनगढी,माघ २६।  नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका  सुदुरपश्चिम प्रदेशका  शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र