सु.पको कला , संस्कृतिको संरक्षण एबम् सम्बद्धन गर्न भारतको राजस्थानमा सास्कृतिक कार्यक्रमहरु हुने

अत्तरिया , माघ १० ।
सुदुरपश्चिमको कला , संस्कृतिको संरक्षण एबम् सम्बद्धन गर्ने मुल उध्ेश्यका साथ भारतको राजस्थानमा बिबिध सास्कृतिक कार्यक्रमहरु हुने भएको छ । सुदुरपश्चिममा जन्मथलो भई भारतमा कर्म थलो बनाईरहेकाहरुको साझा संस्था सुदुरपश्चिमेली नेपाली समाज भारत राजस्थान राज्य समितीको आयोजनामा उक्त सास्कृतिक कार्यक्रमहरु हुन लागेको हो ।

 

माघि पर्वको एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै सुपबासीहरु बिच भेटघाट र सुदुरपश्चिमको कला ,संस्कृति  , देउडा , भेषभुषा र आफुमा भएका प्रतिभाहरुको उजागर गर्न जनवरी २६ तारिखका दिन कार्यक्रमको आयोजना गरिएको सुदुरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय उपाध्यक्ष दिपक खड्का बालपालीले जानकारी दिनुभयो । कार्यक्रममा थुप्रै नेपाली राष्ट्रिय तथा स्थानिय कलाकारहरुका प्रस्तुतिहरु रहने उँहाले बताउनुभयो । जसमा गायिका निर्मला कार्की बिष्ट , सम बहादुर साउद , नरेश खड्का , ममता बिष्ट महरा , हरि सुधन जैसी , सिद्धार्थ ताम्राकार , अबिरल अञ्जना र बम बहादुर साउदको प्रस्तुति रहने भएको छ ।

 

कार्यक्रम राजस्थानको गान्धी प्रतिस्ठान इस्मिर्ती भबन रेजिस्टेस सेड जोथपुरमा हुने भएकाले सबै नेपालीहरुलाई उपश्तिथीका लागि सुदुरपश्चिमेली नेपाली समाज भारत राजस्थान राज्य समितीले अनुरोध गरेको छ । यस्तै सुदुरपश्चिमेली नेपाली समाज भारतको दोस्रो बार्षिक उत्सब यहि जनवरी २९ तारिखका दिन हुने समेत केन्द्रिय उपाध्यक्ष दिपक खड्काले जानकारी दिनुभयो । यसका लागि बिभिन्न तयारी तिब्र भैरहेको समेत उँहाले बताउनुभयो ।  

 

प्रतिकृया दिनुहोस

नेपाल आईडल रबि ओड सहितको टोली अष्ट्रेलियामा

काठमाण्डौ,माघ ९ ।   आइडल सिजन–२ का उत्कृष्ट ६ जना प्रतिस्पर्धी पहिलोपटक अष्ट्रेलियामा प्रस्तुत हुने भएका छन् ।कन्सर्टमा नेपाल आइडल–२ का विजेता

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय अध्यक्ष शर्माको भब्य स्वागत

धनगढी , पुस २८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष चर्चित लोक दोहोरी गायक चन्द्र शर्मालाई आज धनगढीमा भब्य