सलमान खान नेपाल नअाउने भए

फागुन १९ ,काठमाण्डौ 

बिप्लप माओबादीको  चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका हुन् ।

खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गदर्ैै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो ।

आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा शो स्थगित भएको घोषणा गरेको छैन । सलमान खानको टिमसँग सम्वाद भइरहेको आयोजक संस्थाका एक अधिकारीले बताए ।

आयोजक ओडीसी इन्टरनेसनले सलमानको शो केही समयपछि हुने बताएको छ ।

शोका लागि झण्डै ५ हजार टिकट विक्री भइसकेको छ । यदि कार्यक्रमको मिति तय भए त्यही टिकटले हेर्न पाइने व्यवस्था मिलाइनेछ । टिकट फिर्ता गर्न चाहनेले त्यो सुविधा पनि पाउनेछन् ।

प्रतिकृया दिनुहोस

चक्र बमको “मेरि माया पटपटानी” सार्बजनिक (भिडियो सहित)

अत्तरिया ,असार २ ।  पछिल्लो केही बर्ष यता नेपाली गीत सङितको क्षेत्रमा चर्चा कमाउन सफल गायक तथा मोडेल चक्र बमको “मेरि माया पटपटानी” को म्युजिक

12 AM a Reminder Film को च्यारेटी शो यही जेठ २६ गते हुने

  जेठ १७, अत्तरिया ।   सुदुरपश्चिमका केही  युवाहरु मिलेर सानो पर्दाको नेपाली कथानक चलचित्र निर्माण गरेका छन् । ज्ञद्द ब्ः  ब्

गायक कलौनीको गीत "म त चरी आउला" युट्युबमा सार्वजनिक

बैशाख २० , अत्तरिया ।  लामो समय देखि गीत संगितमा  संघर्ष गरिरहेका वेदकोट न.पा. , भासीका गायक नवराज कलौनीले आफ्नो पहिलो गीत "म त चरी आउला" युट्युबमा