राजधानी घोषणा गरिएको तेघरीमा भौतिक संरचना निर्माणको कार्य छिट्टै शुरु -मन्त्री सुबेदी

अत्तरिया,माघ १२ । 
सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले प्रदेशको राजधानी घोषणा गरिएको तेघरीमा भौतिक संरचना निर्माणको कार्य छिट्टै शुरु हुने बताउनु भएको छ । शनिबार  गोदावरी धाममा आयोजित कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउनु भएको हो ।

 

मन्त्री सुबेदीले राजधानीमा अति आबश्यक संरचनाहरुको निर्माण पहिलो चरणमा हुने बताउनु भयो ।'केही महिना भित्र सामान्य संरचना निर्माणको कार्य शुरु हुँदै छ, जिपिएस नक्सा बनिसकेको छ मन्त्री सुबेदीले भन्नु भयो'-'राजमार्गको पूर्व तर्फ प्रदेश सरकारका मन्त्री र अन्य भिआईपीहरुको  निवास र पश्चिम तर्फ प्रशासानीक भबनहरु निर्माण हुने गरी नक्सा तयार भएको छ।' उँहाले प्रदेशको राजधानीलाई नमुना राजधानी बनाउने गरी प्रदेश सरकारले योजना बनाएको बताउनु भयो ।

 

उँहाले गोदावरी नदिमा पानीको अभाब हुन नदिन पनि के गर्न सकिन्छ भन्ने तर्फ सरकारले अध्यन गरिरहेको बताउनु भयो । जोरायल गाडको पानीलाई सुरुङको माध्यमबाट गोदावरीमा ल्याउने तर्फ पनि अध्यन शुरु भएको मन्त्री सुबेदीको भनाई छ । उँहाले गोदावरीमा थप पर्यटक भित्र्याउने तर्फ पनि स्थानियले लाग्नु पर्नेमा जोड दिनु भयो ।
 

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम महोत्सबमा 'सालको पात टपरी' यसरी गुन्जियो

धनगढी,माघ २७।  धनगढी मा जारी सुदुरपश्चिम महोत्सबमा अहिले चर्चामा रहेको गीत सालको पात टपरी गाउँदा दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् ।  गीतका गायक

चिसोले छाडा चौपायाहरु धमाधम मर्न थाले

अत्तरिया,माघ १३ ।  गोदावरी नगरपालिकामा चिसोले छाडा चौपायाहरु धमधाम मर्न थालेका छन् । नगरपालिकाको वडा नम्बर २ र ५ मा मात्रै केही दिन यता झण्डै आधा

कैलालीको खुटियामा नदी जन्य बस्तुहरुको उत्खननमा रोक

अत्तरिया,माघ १२ ।   कैलालीको खुटियामा नदी जन्य बस्तुहरुको उत्खनमा रोक लगाएको छ । जिल्ला अनुगमन  समितीको आदेशमा ठेक्का पाएको कम्पनीलाई शुक्रबार