कैलालीको खुटियामा नदी जन्य बस्तुहरुको उत्खननमा रोक

अत्तरिया,माघ १२ ।  

कैलालीको खुटियामा नदी जन्य बस्तुहरुको उत्खनमा रोक लगाएको छ । जिल्ला अनुगमन  समितीको आदेशमा ठेक्का पाएको कम्पनीलाई शुक्रबार देखी प्रहरी प्रशासन लगाएर रोक लगाएको हो । केन्द्र सरकारले जिल्ला समन्वय समितीका सभापतीको संयोजकत्वमा अनुगमन समिती बनाएको छ ।

 

समितीले ठेक्का दिने गोदावरी नगरपालिकालाई खुटियामा उत्खनन मापदण्ड बिपरित भएको भन्दै जबाब मागेको थियो । पत्रको जबाब पनि गोदावरी नगरपालिकाले पठाईसकेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिक्रत खेमराज बिष्टले जानकारी दिनु भयो ।'स्थानिय सरकारले आफुले गरेको निर्णय हो ,यसमा हस्तक्षेप भयो’,उँहाले भन्नु भयो - 'समन्वय समितीले पठाएको पत्रको जबाब हामीले दिइसकेका छौँ तर पनि उत्खननमा  रोक लगाएको छ।’

 

गोदावरी नगरपालिकाका प्रमुख हरि सिं सावंदले स्थानिय सरकारको निर्णयलाई अबरोध पुर्याउने कार्य भएको प्रती आपत्ती जनाउनु भयो । उँहाले भन्नु भयो - 'नगरपालिकाले गरेको निर्णय बमोजिम नै ठेक्का पाएको कम्पनी ले कार्य गरेको छ, अचानक किन रोक लगाएको हो मैले बुझ्न् सकिन।'

 

अनुगमन समितिका संयोजक एबम् जिल्ला समन्ब्य समिति कैलालीका सभापति सुर्य बहादुर थापाले मापदण्ड बिपरित नदिजन्य बस्तुहरुको उत्खनन् गरिएका ठाउहरुमा कागजात पेश गर्न निर्देशन दिएपनि जबाफ नआएकाले रोका लगाएको बताउनुभएको छ ।

 

उँहाले माघ १४ गतेदखी सबै ठाउँहरुको  अनुगमन गरिने समेत जानकारी दिनुभयो । मापदण्ड अनुसारका आबश्यक कागजातहरु पेश गरेमा ठेक्का पाएको कम्पनीलाई नदिजन्य पदार्थहरु उठाउन दिइने थापाको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस

सुदुरपश्चिम महोत्सबमा 'सालको पात टपरी' यसरी गुन्जियो

धनगढी,माघ २७।  धनगढी मा जारी सुदुरपश्चिम महोत्सबमा अहिले चर्चामा रहेको गीत सालको पात टपरी गाउँदा दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् ।  गीतका गायक

चिसोले छाडा चौपायाहरु धमाधम मर्न थाले

अत्तरिया,माघ १३ ।  गोदावरी नगरपालिकामा चिसोले छाडा चौपायाहरु धमधाम मर्न थालेका छन् । नगरपालिकाको वडा नम्बर २ र ५ मा मात्रै केही दिन यता झण्डै आधा

राजधानी घोषणा गरिएको तेघरीमा भौतिक संरचना निर्माणको कार्य छिट्टै शुरु -मन्त्री सुबेदी

अत्तरिया,माघ १२ ।  सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले प्रदेशको राजधानी घोषणा गरिएको तेघरीमा भौतिक संरचना निर्माणको