१३ दिनदेखि डोटी जिल्ला अस्पतालल ठप्प , बिरामीहरु मार्कामा चिकित्सकहरु प्रती असुन्तुष्टी बढदै

फागुन १९ , डोटी।  
सरकारी चिकित्सकहरूले आफु माथि  कुटपिट भएको भन्दै  १३ दिनदेखि डोटी  जिल्ला अस्पताललगायत स्वास्थ्य संस्था ठप्प पारेका छन् । फागुन ६ गते जिल्ला अस्पतालमा कार्यरत डा. जितेन्द्र सिंहमाथि कुटपिटको विरोधमा मेडिकल सुपरिटेन्डेन्टसहित चिकित्सकहरूले काम गर्ने वातावरण नभएको भन्दै जिल्ला छाडेका हुन् । जिल्लाका डाक्टरहरूलाई सरकारी चिकित्सक संघले असुरक्षाको कारण देखाउँदै जिल्ला छाड्न भन्दै काठमाडौं आउन निर्देशन दिएपछी उनिहरुले जिल्ला छोडेका हुन ।  जिल्ला छाडेर गएका डाक्टरहरूलाई स्वास्थ्य मन्त्रालयले एक महिनाको काज दिएर मन्त्रालयमै हाजिर गराइरहेको छ । चिकित्सक नभएपछि डोटीमा उपचार सेवा ठप्प छ । चिकित्सकहरु  लामो समय उपचारमा नआउदा असन्तुष्टि बढ्दै गएको छ भने बिरामीहरु मार्कामा परेका छन । कुटपिटमा संलग्न आरोपमा दिपायल सिलगढी नगरपालिका ७ का हिक्मतसिंह विष्ट, विजय विष्ट, टेकबहादुर विष्ट र सिलगढी ६ का अरुण महत प्रहरी हिरासतमा छन् । उनीहरूमाथि सार्वजनिक अपराध मुद्दा चलाइएको छ । डाक्टर सिंहलाई कोठाको ढोकै तोडेर उनीहरूले आक्रमण गरेको आरोप छ ।अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प छन् । पोस्टमार्टम, ल्याब परीक्षण, भिडियो एक्सरे नहुँदा सामान्य रोगका बिरामी उपचारका लागि अन्यत्र जानुपर्छ । चिकित्सकले सेवा ठप्प पारी जिल्ला छोडेपछि पोस्टमार्टमका लागि डडेल्धुरा पठाउनुपर्ने बाध्यता छ । डाक्टर अभावमा भएका घटनाबारे अनुसन्धानमा समस्या भइरहेको डीएसपी शिवबहादुर सिंहले बताए ।जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विवश पराजुली, डा. जितेन्द्र सिंह र सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजकुमार विश्वकर्माले जिल्ला छाडेका हुन् । 

प्रतिकृया दिनुहोस

उपचार छोडेर चिकित्सकहरुले स्वास्थ्य संस्थाहरु ठप्प पारे

धनगढी ,भाद्र १७ ।  नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकको सेवा समेत ठप्प पारिएको छ।डाक्टर तथा

नेपाल चिकित्सक संघद्धारा आन्दोलनको घोषणा

काठमान्डौ, भदौ१६ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ ।  सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र

महन्थ ठाकुरले कैलाली कारागारमा रहेको लक्ष्मण थारुलाई भेटे

धनगढी ,भाद्र ४ ।  राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले  कैलाली कारागारमा रहेको सोही पार्टीका नेता  लक्ष्मण थारुलाई भेटेका छन् ।