नेपाल तरुण दलको धनगढीमा प्रदर्शन

धनगढी ,माघ १४ ।
बढ्दो महंगी, भ्रस्टाचार र शान्ती सुरक्षा कायम गर्न नसकेको भन्दै बिरोधमा सरकारविरुद्ध नेपाल तरुण दलले सोमबार धनगढीमा प्रदर्शन गरेको छ । धनगढीको ट्राफिक चौराहबाट सुरु भएको बिरोर्ध यालीमा सहभागीहरुले डाक्टर गोबिन्द केसीको माग पूरा गर, महंगी नियन्त्रण गर, शान्ति सुरक्षा कायम गर, निर्मलालाई न्याय दे लगायतका नारा लगाएका थिए । जुलुस पार्क मोडमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभालाई तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । बिरोध जुलुसमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट तरूणदल लगायत नेपाली कांग्रेसका नेता कार्यकताको सहभागिता रहेको थियो ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा
काठमाडौं , माघ २८ । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा
.jpeg)
नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा
धनगढी,माघ २६। नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र

सरकारले फागुनदेखि रोजगारि दिने ,बेरोजगारीलाई भत्ता
काठमाण्डौ , माघ २४ । आगामी फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र
प्रतिकृया दिनुहोस