वैदेशिक रोजगारीमा रहेकाहरुपनि सञ्चयकोष पाउने


काठमाडौं , माघ १५ ।
सरकारले आगामी साउन १ गतेबाट वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागि गराउने तयारी गरेको छ । उक्त योजना कार्यान्वयन गर्न सो मन्त्रालयका सचिवको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन मङ्गलबार मन्त्री गोकर्ण विष्टलाई बुझाइएको छ । जसमा १ साउन २०७६ सालबाट पाइलट प्रोजेक्टका रुपमा धेरै नेपाली रहेको एक मुलकबाट गर्नुपर्ने यसलाई लागू गर्न पनि सुझाएको छ । कार्यदलका अनुसार वैदेशिक रोजगारीमा गएका, विदेशमा ब्यापार गर्ने र गैर आवासीय नेपालीलाई समेट्न सकिन्छ । योजना लागू भएपछि विदेश जानेको हकमा श्रम स्वीकृति प्रदान गर्दा र गइसकेकाहरुको हकमा नविकरण गर्दा सूचीकृत गर्नुपर्नेछ । योजनामा सहभागी भएका वैदेशिक रोजगारीमा गएका व्यक्तिले वार्षिक न्यूनतम २४ हजार र अधिकतम ३ लाखसम्म योगदान गर्न सक्ने कार्यदलको सिफारिस छ । कार्यदलले वैदेशिक रोजगारीमा रहेका सबैलाई समेट्न क्रमशः अनिवार्य गर्न सिफारिस गरेको छ । यसका लागि योगदानको रकम सम्बधित रोजगारदाताले जम्मा गरिदिनुपर्ने व्यवस्था गर्ने र सरकारीस्तरमा वार्ता गरी श्रम सम्झौतामा नै सञ्चय कोष र सामाजिक सुरक्षा कोष योजना समावेश गर्ने पनि कार्यदलको सिफारिस छ । कोषमा जम्मा भएको रकम योगदानकर्ता ६० वर्ष पुगेपछि वा शारीरिक तथा मानसिक रुपमा अशक्त भएमा वा रोजगारीबाट फर्किएपछि वा नियमित तीन वर्षसम्म योगदान नगरेमा एकमुष्ट पाउने वा निवृत्तिभरणका रुपमा दिन सकिने कार्यदलको सिफारिस छ ।

 

प्रतिकृया दिनुहोस

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै

काठमाण्डौ,फागुन ३ ।  सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी संघीय संसदमा दर्ता

सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई

काठमाण्डौ , माघ २९ । संघिय सरकारले सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई नै दिने गरी ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइ सम्बन्धी

कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु

अत्तरिया,माघ २४ ।  कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु भएको छ । पानी परे सँगै चिसो पनि बढेको छ ।  पश्चिमी  वायुको प्रभावका कारण  देशका विभिन्न