योजना आयोगको टोली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बिच भेटबार्ता

धनगढी,माघ १६ । 
राष्ट्रिय योजना आयोगको टोलीले बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सँग  छलफल गरेको छ। धनगढीको एक कार्यक्रममा आएको   आयोगको टोलीले मुख्यमन्त्री भट्टसित छलफल गरेको हो ।यस प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवमा आयोजनाहरुको कार्यान्वयन र प्रगतिबारे आयोगको टोली र मुख्यमन्त्रीबीच छलफल भएको मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिब ओलीले जानकारी दिनु भयो  । मुख्यमन्त्री भट्टले टोली सँग भेटका क्रममा  राष्ट्रिय गौरवमा आयोजनाबाट यस क्षेत्रका जनताले चाँडो लाभ लिन सक्ने गरी कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नु भएको छ । आयोगको टोलीले बिहीबार देखि धनगढीमा सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका प्रमुख तथा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरुसित योजना तर्जुमाका बारेमा छलफल गर्ने भएको छ । 

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालिकाको लालपुरमा ५ करोडको लगानीमा बालुवा प्रसोधन केन्द्र स्थापना

अत्तरिया,फागुन ४ ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शिवशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ ।   करिब ५ करोडको लागतमा

एनसेलको बाँकी वक्यौता असुल नभए कम्पनी खारेज गर्ने

काठमाण्डौ,माघ २८ ।  दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली

अत्तरिया,माघ २५ ।  चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली तथा हस्ताक्षर संङ्कलन गरिएको छ । बैङ्कहरुले एकतर्फी रुपमा ब्याज बढाएको