ब्याजदर घटाउनु पर्ने माग गर्दै धनगढीका ब्यबसायीहरु सडकमा

धनगढी,माघ १८ । 
बैंकहरुले ऋणको ब्याज वढाएको भन्दै  धनगढीका ब्यबसायीहरु सडकमा उत्रेका छन ।   कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा ब्यबसायीहरुले चौराहा देखी उधोग बाणिज्य संघको भबन सम्म प्ले कार्ड सहित र्याली निकालेका हुन । बैंकहरुले जथाभाबी बढाएको ब्याज दर बृद्धि घटाउनु पर्ने ब्यबसायीहरुको माग रहेको छ । 

 

र्याली पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल उधोग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य गोपाल हमालले बैंकहरुले  बढाएको ब्याज दरका कारण उधोग ब्यबसायमा प्रत्यक्ष असर परेको बताउनु भयो ।

 

' निजी  क्षेत्रका  बैंकहरुको एकाधिकार  रहेको कारण ब्यबसायीहरुले बिरोध गर्नु परेको हो ,'हमालले आगाडी भन्नु भयो -'यो ब्यापारीहरुको मात्रै कुरो होइन निजी क्षेत्रका बैन्कहरु अन्तराष्टिय मापदण्ड बिपिरित जान थाले राष्ट्र बैंकले र सरकारले तुरुन्त हस्तक्षेप गर्नु पर्दछ ।'

 

कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बैंकहरुको चर्को ब्याजदरका कारण नयाँ ब्यबसायमा लगानी गर्न ब्यबसायीहरु तयार नभएको बताउनु भयो । उँहाले भन्नु भयो-'बैंकहरु मात्रै मोटाउने र  नाफा कमाउने काम हुन थाल्यो ब्यबसायीहरुको ब्यबसाय सुरक्षित हुन सकेन ।'  बैकहरुले कर्जाको ब्याज दर बृद्धि गरेको भन्दै व्यवसायीहरुले त्यसलाई घटाएर ८ प्रतिशत कायम गर्न माग गरेका  छन्।

 

तरलता अभाव र ब्याज दर बृद्धिको समस्या हल गर्न सरकार, राष्ट्र बैंक र सरोकारवालासँग आग्रह समेत गरेका छन् । 

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालिकाको लालपुरमा ५ करोडको लगानीमा बालुवा प्रसोधन केन्द्र स्थापना

अत्तरिया,फागुन ४ ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शिवशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ ।   करिब ५ करोडको लागतमा

एनसेलको बाँकी वक्यौता असुल नभए कम्पनी खारेज गर्ने

काठमाण्डौ,माघ २८ ।  दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली

अत्तरिया,माघ २५ ।  चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली तथा हस्ताक्षर संङ्कलन गरिएको छ । बैङ्कहरुले एकतर्फी रुपमा ब्याज बढाएको