सुदुरपश्चिमान्चल औधोगिक ब्यापार मेला टिकापुर महोत्सब शुरु

टीकापुर , माघ १९ । 

टिकापुर महोत्सब आज देखी शुरु भएको छ । महोत्सबको एक कार्यक्रमका बिच संघिय सरकारका भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठले उदघाटन गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले  देशको विकास निर्माणमा वर्तमान सरकार लागिपरेको बताउनु भयो  । 

 

जनताले वर्तमान सरकारलाई दुई तिहाईको बहुमत दिएर निर्वाचित गरेको उल्लेख गर्दै मन्त्री महासेठले भन्नु भयो - 'देशको विकास विना समृद्ध नेपाल, सुखी नेपाली सम्भव छैन, त्यसकारण विकास सरकारको मुख्य दायित्व हो।'मन्त्री  महासेठले देशका महत्वपूर्ण योजनाहरु  हुलाकी राजमार्ग, पूर्वपश्चिम रेलमार्ग, पानी जहाजको काम अगाडि बढिसकेको बताउनु भयो  । '

 

टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको टीकापुर महोत्सवमा टीकापुरबासीले लम्की टीकापुर खक्रौला सडकलाई चारलेन सडक बनाइनुपर्ने माग राखेका थिए। उक्त मागलाई यसै आर्थिक वर्षको बजेटमार्फत् निर्माणको कार्य थालनी गर्ने मन्त्री महासेठको भनाई छ । महोत्सव माघ २८ गतेसम्म सञ्चालन हुनेछ। 

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालिकाको लालपुरमा ५ करोडको लगानीमा बालुवा प्रसोधन केन्द्र स्थापना

अत्तरिया,फागुन ४ ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शिवशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ ।   करिब ५ करोडको लागतमा

एनसेलको बाँकी वक्यौता असुल नभए कम्पनी खारेज गर्ने

काठमाण्डौ,माघ २८ ।  दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली

अत्तरिया,माघ २५ ।  चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली तथा हस्ताक्षर संङ्कलन गरिएको छ । बैङ्कहरुले एकतर्फी रुपमा ब्याज बढाएको