संघियताको बिरोधमा धनगढीमा राष्ट्रिय जनमोर्चाको प्रदर्शन

धनगढी,माघ १९ । 

राष्ट्रिय जनमोर्चाले शनिबार संघियताको बिरोधमा धनगढीमा प्रदर्शन गरेको छ । 'संघीयता खारेज, विखण्डन र प्रतिगमनका खतराको विरुद्ध संघर्ष गरौँ, महंगी, भ्रष्ट्राचार हत्या हिंसा र वलात्कारको अन्त्य गरौँ' भन्दै सरकारका विरुद्ध विरोध सभा गरेको हो। बिरोध र्याली धनगढीको ट्रफिक चौराहा देखी पार्कमोड सम्म  गरिएको थियो ।  

 

पार्कमोडमा आयोजित  विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा की केन्द्रिय उपाध्यक्ष पौडेलले नेपाली जनतमाथि जबरजस्ती संघीयता लादिएको बताउनु भयो  । 'संघियता नेपालीको एजेण्डा होइन, यो त भारतको डिजाइनमा ल्याइएको हो,' पौडेलले भन्नु भयो - 'मधेशलाई नेपालबाट अलग गराउने चलखेल हुँदैछ , नगरिकतामा संशोधन गर्ने बिधेयक आउँदै छ ,होसियार रहनु होला।' नेपालको तंराईलाई अलग गरी  सिक्किमिकरण गर्ने प्रयास भईरहेको उँहाको भनाई रहेको छ ।

 

मधेशको जनताले गर्ने आन्दोलन मधेशको जनतालाई हक अधिकार दिनको लागी हुने गरेको भए पनि मधेशीबादी दलहरुले गर्ने आन्दोलन भारतको इशारामा हुने गरेको पौडेलको आरोप रहेको छ । मधेशबादी दलहरु प्रती निकै आक्रामक देखिएकी पौडेलले गैरनेपालीहरुलाई नागरिकता दिएर संसदमा इन्डियनहरुले बहुमत पुर्याउने खेल खेलिरहेको बताउनु भयो ।

 

विरोध कार्यक्रमका  संयोजक हरिकृष्ण पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्ट र कैलाली जिल्ला अध्यक्ष लक्षिराम आचार्यले पनि सम्बोधन गर्नु भएको  थिए । 

प्रतिकृया दिनुहोस

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं , माघ २८ । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा

नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा

धनगढी,माघ २६।  नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका  सुदुरपश्चिम प्रदेशका  शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र

सरकारले फागुनदेखि रोजगारि दिने ,बेरोजगारीलाई भत्ता

काठमाण्डौ , माघ २४ । आगामी फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र