गोदावरी चेम्बर अफ कमर्सको अगुवाईमा नगरप्रमुखलाई ज्ञापन पत्र

अत्तरिया,माघ २० । 
गोदावरी चेम्बर अफ कमर्सको अगुवाईमा ब्यबसायीहरुका बिभिन्न ११ वटा संस्थाले  गोदावरी नगरपलिकालाई आज ज्ञापन पत्र बुझाएको छ । चेम्बर अध्यक्ष बिनोद मल्लको नेत्रित्वमा नगरपालिका पुगेको टोलीले नगरपालिकाका मेयर हरि सिं सावंद र उपमेयर रत्ना कडायतलाई भेटेर ६ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको हो ।

 

ज्ञापन पत्रमा  कालो बजारी,अखाध्य बस्तुहरुको बिक्री बितरण ,मिसावट ,मनपरी मुल्य निर्धारण गर्ने कृयाकलाप रोक्नु पर्ने ,ब्यबसायिक फर्महरुलाई नगरपालिकामा दर्ता गरी कारोबारो गर्न प्रोत्साहान गर्नु पर्ने , हाल नगरपालिकले लिईरहेको बिगत ४-५ बर्षको एकमुष्ट कर मिनाहा गर्नु पर्ने लगाएत मागहरु उल्लेख गरिएका छन् । त्यस्तै नगरपालिकाको कार्यालयले प्रयोग गर्ने सामानहरुमा स्थानिय उत्पादनलाई प्राथमिकता दिनु पर्ने पनि गोदावरी चेम्बर अफ कमर्सले माग गरेको छ ।

 

माग पत्र बुझ्दै नगरपालिकाका प्रमुख हरि सिं सावँदले स्थानिय सरकार र ब्यबसायीहरु मिलेर जानु पर्ने बताउनु भयो । उँहाले मागहरु सकारात्मक रहेको भन्दै कर मिनाहाको कुरा छलफलबाट मात्रै भन्न सक्ने बताउनु भयो ।       

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालिकाको लालपुरमा ५ करोडको लगानीमा बालुवा प्रसोधन केन्द्र स्थापना

अत्तरिया,फागुन ४ ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शिवशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ ।   करिब ५ करोडको लागतमा

एनसेलको बाँकी वक्यौता असुल नभए कम्पनी खारेज गर्ने

काठमाण्डौ,माघ २८ ।  दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली

अत्तरिया,माघ २५ ।  चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली तथा हस्ताक्षर संङ्कलन गरिएको छ । बैङ्कहरुले एकतर्फी रुपमा ब्याज बढाएको