'सुदुरपश्चिम महोत्सब २०७५' को उदघाटन मुख्यमन्त्री भट्टले गर्ने

धनगढी,माघ २० । 

कैलाली उद्योग बाणिज्य संघको आयोजनामा भईरहेको सुदुरपश्चिम महोत्सब २०७५ को सम्पुर्ण  तयारी पुरा भएको छ । आयोजक कैलाली उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गरी सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।

 

महोत्सबको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उदघाटन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिनु भयो ।यस अघी प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम भनिएपनी प्रधानमन्त्रीको ब्यस्तताको कारण अन्तिम समयमा आएर उँहा नआउने जानकारी प्राप्त भएको संघले जनाएको छ ।  हरेक बर्ष मंसिर २२ देखि शुरु हुने महोत्स संघको निर्वाचनका कारण यस बर्ष माघ २१ गतेबाट हुन लागेको हो ।

 

यो बर्ष महोत्सबमा मन्च र स्टल सजावट पहिलेको भन्दा अली फरक गरिएको छ । महोत्सबको सचिबालय पनि आकर्षक बनाइएको छ । महोत्सबमा झण्डै २५० स्टलहरु रहने भएका छन् ।महोत्सबको नारा पनि यो बर्ष परिबर्तन गरी 'समृद्ध सुदुरपश्चिमका लागि :आर्थिक समृद्धि' भन्ने राखिएको छ । कैलाली उधोग बाणिज्य संघले हरेक बर्ष महोत्सब मार्फत यस क्षेत्रका बिकासको सम्भाबना र ब्यबसायीका समस्यालाई सरकार समक्ष राख्दै आएको छ ।

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालिकाको लालपुरमा ५ करोडको लगानीमा बालुवा प्रसोधन केन्द्र स्थापना

अत्तरिया,फागुन ४ ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शिवशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ ।   करिब ५ करोडको लागतमा

एनसेलको बाँकी वक्यौता असुल नभए कम्पनी खारेज गर्ने

काठमाण्डौ,माघ २८ ।  दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली

अत्तरिया,माघ २५ ।  चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली तथा हस्ताक्षर संङ्कलन गरिएको छ । बैङ्कहरुले एकतर्फी रुपमा ब्याज बढाएको