हेलिकप्टर मार्फत पर्यटकीय स्थल खप्तड घुम्न सकिने

डोटी,माघ २० । 

केही दिन भएपनी  हेलिकप्टर मार्फत पर्यटकीय स्थल खप्तड घुम्न सकिने भएको छ । डोटी चेम्बर अफ कमर्शले सदरमुकाम दीपायलमा आयोजना गर्न लागेको  प्रदेशिक  महोत्सवमा हेलिकप्टरको व्यवस्था गरिएको हो ।

 

आयोजक संघका अध्यक्ष खगेन्द्रबहादुर साउदले भन्नुभयो “खप्तडसम्म हिँडेर जान नसक्ने र छोटो समयमा नै खप्तड घुम्न चाहने पर्यटकलाई ध्यानमा राखेर हामीले हेलिकप्टरको व्यवस्था गरेका छौँ ।” दिपायलमा आउदो फागुन १७ गतेबाट २७ गते सम्म महोत्सवमा सञ्चालन हुनेछ ।

 

नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यका साथ चेम्बर अफ कमर्शले दीपायलदेखि खप्तडसम्मका लागि ११ दिनसम्म हेलिकप्टर सेवा सञ्चालन गर्ने जनाएको छ ।यहाँ घुम्न आउने पर्यटकको स्वास्थ्यमा समस्या आए प्रथामिक प्रथामिक उपचारसमेत प्रदान गरिने आयोजकले बताएको छ ।

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालीकामा बाख्रा पालन सम्बन्धी ३ दिने तालीम शुरु

अत्तरिया , माघ २३ । गोदावरी नगरपालीकाको पशु सेवा शाखा कार्यालयको आयोजनामा नगरपालीका स्तरिय बाख्रा पालन सम्बन्धी ३ दिने तालीम आज बाट शुरु भएको छ ।

हेलिकप्टरबाट धनगढी बजार घुमाईने

धनगढी,माघ २२ ।  धनगढीमा जारी सुदुरपश्चिम महोत्सबमा हेलिकप्टरबाट धनगढी बजार घुमाईने भएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सबमा नयाँ पन दिन

डोटीमा फष्टायो टिमुर खेती

डोटी, माघ ९ ।   डोटी जोरायल गाउँपालिका ५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती सुरू गरेको छ ।टिमुरको