धनगढीमा काँग्रेसको बिशाल प्रदर्शन

धनगढी , माघ २१ ।
माघ २१ , धनगढी । 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार  देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ । महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गरेको हो  । यस्तै  सुदुरपश्चिम प्रदेशको अस्थाई राजधानी  धनगढीमा पनि सरकार विरुद्ध कांग्रेसले  वृहत प्रर्दशन गरेको  छ ।

 

 विरोध प्रदर्शनमा  जिल्लाका हरेक क्षेत्रबाट हजारौको संख्यामा कार्यकर्ता धनगढी उत्रिएका छन । हजारौको सहभागितामा  धनगढीको चौराहाबाट सुरु भएको प्रर्दशन पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको छ । उनिहरुले सरकार बिरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।

 

 कोण सभालाई पुर्वमन्त्री मोहन सिं राठौर , पुर्वमन्त्री रामजनम चौधरी , पुर्व केन्द्रीय सदस्य सुनिल कुमार भण्डारी , धनगढी उपमहानगर पालिकाका मेयर नृप बहादुर ओड लगाएतले सम्बोधन गरेका छन ।  कार्यक्रमलाई सम्बोधन गर्ने सबै बक्ताहरुले सरकारको कार्यशैलीको बिरोध गरेका हुन् ।

 

उनिहरुले सरकारले आफ्नो कार्यशैली नसुधारे कम्युनिष्ट सरकारको पतन हुने दाबी गरेका छन् । यस अघि काङ्रेसले गर्ने सभा भन्दा यो पटक काँग्रेस नेता कार्यक्रताको बाक्लो उपस्थिती रहेको थियो ।    
 

प्रतिकृया दिनुहोस

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं , माघ २८ । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा

नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा

धनगढी,माघ २६।  नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका  सुदुरपश्चिम प्रदेशका  शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र

सरकारले फागुनदेखि रोजगारि दिने ,बेरोजगारीलाई भत्ता

काठमाण्डौ , माघ २४ । आगामी फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र