निर्मला पन्तको स्मृतिमा बाल उद्यान पार्कको निर्माण गरिने

कन्चनपुर,माघ २३ । 
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको स्मृतिमा  बाल उद्यान पार्कको निर्माण गरिने भएको छ । पार्कको  बुधबार भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित निर्मला अध्ययनरत सरस्वती माध्यामिक विद्यालयको हाताभित्र पार्क शिलान्यास गरिएको हो ।

 

भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्की (डिके)ले एक कार्यक्रमकाबीच पार्क शिलान्यास गर्नु भएको हो  । धार्मिक परम्पराअनुसार कार्की र निर्मलाकी आमा दुर्गादेवीले पुजा गर्नु भएको  थिए । परिवार सँग छलफल गरेर पार्क निर्माणको कार्य अघि बढेको वडा अध्यक्ष कार्कीले बताउनु भयो ।  बिधालयको  दुई कट्टा जमिनमा वडाको पाँच लाख बजेटमा पर्खाल निर्माण गरिने छ ।

 

‘यस वर्ष वडामा हामीसँग बजेट अभाव छ, ‘वडाध्यक्ष कार्कीले भने, ‘नगरपालिकाबाट समेत बजेट माग गछौँ, नगरबाट बजेट पाए यसै वर्ष पूरै निर्माण कार्य सम्पन्न हुन्छ ।’पार्कमा विद्यार्थीका लागि खेल समाग्रीसमेत राखिने छ । मुल गेटमा निर्मलाको नाम लेखिने छ ।

 

 निर्मलाको हत्या भएको झण्डै साढे ६ महिनाभन्दा बढी हुँदा पनि वास्तविक हत्यारा फेला परेको छैन् ।  साथीको घरमा होमवर्क गर्न हिडेकी निर्मला गत साउन ११ उखुबारीमा मृत फेला परेकी थिइन् ।

प्रतिकृया दिनुहोस

डोटीमा आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणी उजुरी

डोटी , फागुन ०४ । डोटीकी एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । जिल्लाको शिखर

१८ किलो सुन तस्करी प्रहरीकै सेटिङमा भएको खुलाशा

धनगढी,फागुन २ ।  बिहीबार कञ्चनपुरको सिमा क्षेत्रमा भेटिएको १८ किलो सुन प्रहरीकै सेटिङमा भएको खुलेको छ।   भारतमा चालक रहेका दाजु लक्ष्मण

कैलालीमा अदालत परिसरबाट एक अभियुक्त फरार

धनगढी,माघ २९ ।  कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।   जजरजस्ती करणी मुद्धामा म्याद थपका लागि अदालत लगिएका  कैलालीकै