निरास युवा राष्ट्र का लागि खतरनाक हुन्छ - नगरप्रमुख ओझा

डडेल्धुरा,माघ २४ ।  
 युवाहरु सकारात्मक र सृजनसिल भए समृद्ध समाज बन्न धेरै कुर्न नपर्ने अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रशाद ओझाले बताएका छन् । समृद्ध राष्ट्र निर्माणका लागि स्वस्थ, सक्षम उद्धमि युवा भन्ने नाराका साथ युवा निति, युथ भिजन सम्वन्धि अन्तरकृया कार्यक्रममा बुधबार  डडेल्धुरा सदरमुकाममा बोल्दै नगर प्रमुख ओझाले यस्तो बताएका हुन् ।

 

कार्यक्रममा नेपालमा युवाको वर्तमान अवस्था, राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद्को योजना र दूरदृष्टिका बारेमा जानकारी गराइएको थियो। अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले अवसरको अभावमा कुनै पनि युवाले निराश नहुनुपर्नेमा जोड दिए।

 

युवाले निरास भई विदेश पलायन भएमा देशले कहिल्यै काँचुली फेर्न नसक्ने उनको भनाइ छ। उनले युवाले दृढ विश्वासका साथ अगाडि बढ्नुपर्ने धारण राखे।उनले देश विकासको लागि युवाशक्तिको आवश्यकता अपरिहार्य रहेको बताए। १५औँ पञ्चवर्षीय योजनाका लागि युवाका सुझाव संकलन गर्न उपसचिव अधिकारीसहितको एक टोली बुधबार डडेल्धुरा पुगेको हो।

 

सो क्रममा उनले वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई रोक्न र स्वदेशमै युवा स्वरोजगारी वा उद्यमशीलताको विकास गर्न सरकारले राष्ट्रिय युवा नीतिमा नेपाली युवालाई उद्यमशील बनाउने नीति लिएको बताए।देशमा रोजगारीको सम्भावना कम भएपछि वार्षिकरूपमा लाखौँको संख्यामा युवा विदेशिन बाध्य छन्।

 

देशमा रोजगारीको प्रशस्त सम्भावना नभएपछि विदेशिनु रहर मात्रै होइन, बाध्यता पनि हो। वैदेशिक रोजगारीमा जाने युवाको सीपमुलक तालिमको अवस्था पनि दयनीय रहेको राष्ट्रिय युवा परिषद्ले जनाएको छ। राष्ट्रिय युवा परिषद्का अनुसार दक्ष १.५ प्रतिशत, अर्धदक्ष २३ प्रतिशत र अदक्ष ७५ प्रतिशत युवा विदेश गएका छन्।
 

प्रतिकृया दिनुहोस

डोटीमा आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणी उजुरी

डोटी , फागुन ०४ । डोटीकी एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । जिल्लाको शिखर

१८ किलो सुन तस्करी प्रहरीकै सेटिङमा भएको खुलाशा

धनगढी,फागुन २ ।  बिहीबार कञ्चनपुरको सिमा क्षेत्रमा भेटिएको १८ किलो सुन प्रहरीकै सेटिङमा भएको खुलेको छ।   भारतमा चालक रहेका दाजु लक्ष्मण

कैलालीमा अदालत परिसरबाट एक अभियुक्त फरार

धनगढी,माघ २९ ।  कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।   जजरजस्ती करणी मुद्धामा म्याद थपका लागि अदालत लगिएका  कैलालीकै