कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु

अत्तरिया,माघ २४ । 
कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु भएको छ । पानी परे सँगै चिसो पनि बढेको छ ।  पश्चिमी  वायुको प्रभावका कारण  देशका विभिन्न ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव बुधबार बेलुकादेखि नै देखिएकाले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ पानी परेको मौसमविद वरुण पौडेलले बताएका छन् ।

 

बिहीबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यमस्तरको पानी पर्ने सम्भावना रहेको मौसमविद पौडेलले जानकारी दिए ।यस्तै पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिम र मध्य क्षेत्रका केही ठाउँमा बिहीबार ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।देशका अधिकांश उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम स्तरको हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

 

पश्चिमका केही उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । 

प्रतिकृया दिनुहोस

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै

काठमाण्डौ,फागुन ३ ।  सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी संघीय संसदमा दर्ता

सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई

काठमाण्डौ , माघ २९ । संघिय सरकारले सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई नै दिने गरी ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइ सम्बन्धी

चितवनको भरतपुरमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को भव्य स्वागत

भरतपुर,माघ २० ।  चितवनको  भरतपुरमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को भव्य स्वागत गरिएको छ। उनको स्वागतमा भरतपुर