सरकारले फागुनदेखि रोजगारि दिने ,बेरोजगारीलाई भत्ता

फाईल फोटो

काठमाण्डौ , माघ २४ ।

आगामी फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर कार्यान्वयनमा आउने भएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने योजना सुरू हुने भएको हो ।

 

चालू आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।उक्त कार्यक्रम कार्यान्वयनका लागि सम्पूर्ण योजना तय भइसकेको मन्त्रालयका एक अधिकारीले बताउनुभयो । फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । श्रम मन्त्रालयले वर्षमा १ सय २० दिन पनि आयआर्जन गर्न नसक्ने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई निर्वाह भत्ता उपलब्ध गराउने गरी प्रधानमन्त्री रोजगार कार्याक्रम सञ्चालनमा ल्याउने बताउदै आएको छ ।१८ देखि ६० वर्ष उमेर समूहका बेरोजगार युवालाई लक्षित गर्दै निवार्ह भत्ता वितरण गर्ने मन्त्रालयको भनाइ छ । हाल सरकारले मासिक न्यूनतम पारिश्रमिक आठहजार पाँचसय रुपैयाँ तोकेको छ ।

 

बरोजगार कहलिनका लागि सम्बन्धित श्रमिकको एकाघरका कुनै पनि सदस्य स्वदेशी वा विदेशी रोजगारी र पेशामा सामेल भएको हुनुहुँदैन । बेरोजगार भत्ता पाउनेलाई सरकारले सकेसम्म तोकिएको क्षेत्रमा रोजगारी उपलब्ध गराउनेछ । बेरोजगार भत्ता प्राप्त गर्न सरकारले सञ्चालनमा ल्याएका रोजगार सेवा केन्द्रमा नाम सूचीकृत भएको हुनुपर्नेछ । सूचीकृत भएका बेरोजगारलाई सकेसम्म काम, नसके पनि मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको सय दिन बराबर हुने रकमको ५० प्रतिशत रकम दिने व्यवस्था विधेयकमा उल्लेख छ । रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई रोजगारी उपलब्ध गराउन नसकेको अवस्थामा एक आर्थिक वर्षमा श्रम रोजगार तथा सामाजिक मन्त्रालयले तोकेको न्यू्नतम पारिश्रमिककै तुलनामा एक सय दिन बराबरकोे ५० प्रतिशत रकम तोकिएको शर्तको अधिनमा रही निर्वाह भत्ता उपलब्ध गराइने ऐनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

नेविसंघका अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं , माघ २८ । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा

नेकपाका सुदुरपश्चिम प्रदेशका शिर्ष ३ नेता धनगढीमा

धनगढी,माघ २६।  नेकपा प्रदेश कमिटीको बैठकको लागी नेकपाका  सुदुरपश्चिम प्रदेशका  शिर्ष ३ नेता धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश कमिटी भित्र

नेविसंघ अध्यक्ष महरको रिहाईको माग गर्दै कैलालीमा प्रदर्शन

धनगढी,माघ २२ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको रिहाईको माग गर्दै नेविसंघ कैलालीले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ। कास्की