चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली

अत्तरिया,माघ २५ । 
चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली तथा हस्ताक्षर संङ्कलन गरिएको छ ।


बैङ्कहरुले एकतर्फी रुपमा ब्याज बढाएको भन्दै अत्तरियाका  ब्यबसायीहरुले हस्ताक्षर अभियान शुरु गरेका छन् । 

 

अत्तरिया उधोग बाणिज्य संघ र सुदुरपश्चिम उधोग बाणिज्य महासंघको संयुक्त आयोजनामा चर्को ब्याजदरका बिरुद्धमा हस्ताक्षर सहित  बिरोध र्याली निकालीएको छ । अत्तरिया चोकको पुर्वरोडवाट शुरु भएको  बिरोध र्यालीले बजार परिक्रमा गरेको थियो ।    

 

बैङ्कहरुले लगाएको चर्को ब्याजदरका कारण ब्यबसायीहरु निकै समस्या परिरहेको भन्दै त्यसको बिरुद्धमा र्याली र हस्ताक्षर संङ्कलन गर्नु परेको अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष अशोकराज देबकोटाले बताउनु भयो ।  

 

हस्ताक्षर अभियान केही दिन जारी रहने र त्यस पछि जिल्ला प्रसासन कार्यलय मार्फत नेपाल सरकारलाई बुझाउने संघले जनाएको छ ।  
 

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालिकाको लालपुरमा ५ करोडको लगानीमा बालुवा प्रसोधन केन्द्र स्थापना

अत्तरिया,फागुन ४ ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शिवशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ ।   करिब ५ करोडको लागतमा

एनसेलको बाँकी वक्यौता असुल नभए कम्पनी खारेज गर्ने

काठमाण्डौ,माघ २८ ।  दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

'सुदुरपश्चिम महोत्सब २०७५' को उदघाटन मुख्यमन्त्री भट्टले गर्ने

धनगढी,माघ २० ।  कैलाली उद्योग बाणिज्य संघको आयोजनामा भईरहेको सुदुरपश्चिम महोत्सब २०७५ को सम्पुर्ण  तयारी पुरा भएको छ । आयोजक कैलाली उद्योग