रुस्लान धनगढी प्रिमियर लिग तेस्रो संस्करणको भब्य उद्घाटन

धनगढी,माघ २६। 
रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको शनिबार  उद्घाटन गरिएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उदघाटन गर्नु भएको हो । मुख्यमन्त्री भट्टले अम्पाएरलाई ब्याट र बल दिएर उदघाटन गर्नु भएको हो ।

 

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री भट्टले सुदुरपश्चिम प्रदेशमा किक्रेट को सम्भाबना रहेकोले प्रदेश सरकारले यसमा बिषेश ध्यान दिएको बताउनु भयो । 'यो प्रतियोगिता आफैमा महत्वपूर्ण छ यसले यस क्षेत्रको खेल बिकासमा महत्वपूर्ण भूमिका खेल्ने छ', मुख्यमन्त्री भट्टले भन्नु भयो -' प्रदेश सरकार सधैं तपाईंहरुको साथमा रहेको छ।' उँहाले खेल क्षेत्रबाट पनि यस प्रदेशको आर्थिक समर्द्धीमा महत्वपूर्ण योगदान हुने बताउनु भयो ।

 

फाप्ला किर्केट मैदानलाई अन्तराष्टिय खेल मैदान बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उँहाको भनाई रहेको छ । कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका  आन्तरिक मामिला मन्त्री प्रकाश शाह, आर्थिक मामिला मन्त्री झपट बाहादुर बोहरा,नेपाल उधोग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल लगाएतले प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । बर्षाका कारण आजबाट हुने भनिएका खेलहरु  सोमबारदेखि मात्रै सुरु हुने भएका छन् ।

 

 सोमबारदेखि दैनिक दुई वटा खेल हुनेछन । पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन्। यस्तो दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन्।प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।

 

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु १५ हजार,म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । 

प्रतिकृया दिनुहोस

डीपीएल क्रिकेट अन्तर्गत आजका दुवै खेल रद्ध , धनगढीे प्रतियोगिताबाट बाहिरियो

धनगढी , फागुन ०४ । मैदानमा पानी जमेका कारण तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तरर्गतका आजका दुबै खेल रद्ध भएका छन । फाप्ला

बर्षाले डिपिएलका आज हुने खेल प्रभाबित

धनगढी, फागुन ४ ।  धनगढीको फाप्ला किर्केट मैदानमा जारी धनगढी प्रमियर लिग (डिपीएल) अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल

डिपिएल अन्तर्गत आजको दोस्रो खेल बर्षाका कारण स्थगित

धनगढी , फागुन ०२ । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेल बर्षाको कारण स्थगित भएको छ ।   विराटनगर