अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता शनिवार देखि धनगढी मा सुरु

धनगढी,२६ माघ
कैलाली जिल्लामा प्रथम अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता शनिवार देखि धनगढी कवडहलमा सुरु भएको छ ।प्रतियोगिताको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका हुन । तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले धनगढी खेलकुदको हव भएको बताए ।

 

'हामीले सबै किसिमका खेलकुदहरुलाई समान प्राथमिकतामा राखेर काम गरिरहेका छौं',  एक वडा एक खेलमैदान निर्माण गर्ने अभियान हाम्रो छ । अक्सर सबै वडामा खेल मैदान निर्माण गर्ने काम भैरहेको बताउदै नगरप्रमुख वडले भने,यस आर्थिक बर्षमा समेट्न नसकेका वडामा अर्को बर्ष समेटिने छ ।

 

नगरप्रमुख वडले खेलाडी भएको समाज र बस्ती अनुशासित हुने गरेको बताए । उनले भने, त्यसैले स्वास्थ्य र राष्ट्रका लागि मात्रै नभएर खेलकुद समाजका लागि पनि त्यतीकै महत्वपूर्ण रहेको छ ।

 

तेक्वान्दो प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पाराज कुँवरले निजी क्षेत्र खेलकुदको विकासमा आवश्यक परेको ठाउँमा सहयोग गर्न तयार रहेको बताए । उनले भने,खेलकुद मैदान निर्माण गर्ने कुरामा पनि निजी क्षेत्र साझेदारी गरेर जान तयार छ ।

 


कैलाली जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा भैरहेको प्रतियोगितामा १२ वटा डोजाङ्ग अन्तरगत बिभिन्न विद्यालयका २ सय १० जना खेलाडी रहेका छन् । जसमा २१ देखि ५२ किलो तौल समुहका छन् ।
 

प्रतिकृया दिनुहोस

डीपीएल क्रिकेट अन्तर्गत आजका दुवै खेल रद्ध , धनगढीे प्रतियोगिताबाट बाहिरियो

धनगढी , फागुन ०४ । मैदानमा पानी जमेका कारण तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तरर्गतका आजका दुबै खेल रद्ध भएका छन । फाप्ला

बर्षाले डिपिएलका आज हुने खेल प्रभाबित

धनगढी, फागुन ४ ।  धनगढीको फाप्ला किर्केट मैदानमा जारी धनगढी प्रमियर लिग (डिपीएल) अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल

डिपिएल अन्तर्गत आजको दोस्रो खेल बर्षाका कारण स्थगित

धनगढी , फागुन ०२ । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेल बर्षाको कारण स्थगित भएको छ ।   विराटनगर