मष्टधाम निर्माणका लागि ठकुल्लाद्धारा १ लाख ११ हजार १ सय ११ रूपैया सहयोग

अत्तरिया , माघ २६ ।
कैलालीको गोदावरी नगरपालीका वडा नं. ४ बन्दगडामा निर्माणाधिन बृहत मष्टधामका लागि सहयोग गर्नेहरु बढ्दै गइरहेका छन । धाम निर्माणका लागि अछाम साफेबगर नगरपालिका ५ बस्ने भक्त बहादुर ठकुल्लाले एक लाख एघार हजार एक सय ११ रूपैया सहयोग गर्नुभएको छ ।

 

अत्तरियाबाट करिब १५ किलोमिटरको दुरीमा रहेको कैलाली जिल्लाकै विकट क्षेत्र मानिने बन्दगडामा करिब साढे एक करोड मुल्य बराबरको झण्डै २ बिघा जमिनमा निर्माण हुन लागेको मष्टधामले यस क्षेत्रको विकाश निर्माण टेवा पुग्नेमा बिश्वास गरिएको छ ।

 

खुटिया–दिपायल द्रुतमार्गसँगै जोडिएको रमणिय ठाउँ बन्दगडामा मष्टधाम निर्माण हुने भएपछि त्यहाका स्थानियबासीहरु हर्षित भएका छन । जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरु आवागमन बढाउन ठाँउ ठाँउमा धार्मिक तिर्थस्थलहरु निर्माण गर्न आवश्यक रहेकाले धाम निर्माण गर्न लागिएको हो ।

 

धाम निर्माणका लागि हालसम्म १७ लाख रकम संकलन भएको धाम समितिका संयोजक गणेश साउदले जानकारि दिनुभयो ।  

 

प्रतिकृया दिनुहोस

सञ्चार निती सामुदायिक रेडियो मैत्री बनाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धनगढी,फागुन ४ ।  सुदूरपश्चिम प्रदेश सरकारले निमार्ण गर्ने सञ्चार निती सामुदायिक रेडियो मैत्री बनाउन माग गर्र्दै सामुदायिक रेडियो प्रशारक संघ

कञ्चनपुरमा बरामद गरिएको सुन कोहलपुर राजश्व अनुसन्धान कार्यालयमा बुझाइयो

कोहलपुर,फागुन ३ ।  कञ्चनपुरमा प्रहरीले बिहीबार बरामद गरेको झण्डै २४ किलोग्राम सुन थप अनुसन्धानका लागि कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयमा

बझाङमा नहरमा डुबेर एक बालकको ज्यान गयो

बझाङ , फागुन ०३ । बझाङमा नहरमा डुबेर शुक्रबार एक बालकको ज्यान गएको छ । छविसपाथिभरा गाँउपालिका वडा नम्बर–२ बस्ने जनक बहादुर मण्डेलका २ वर्षका ६ छोरा