अवैध लागुऔषध सहित कैलालीका दुईजना पक्राउ


काठमाडौ , माघ २७ ।
प्रहरीले अवैध लागुऔषध ‘खैरो हेरोइन’ सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ का २४ वर्षीय ऐकेन्द्र शाही र घोडाघोडी नगरपालिका–६ का २३ वर्षीय कृष्ण भण्डारी रहेका छन । उनीहरु दुबैजनालाई महानगरीय अपराध महाशाखाको टोलीले शनिबार काठमाडौं–२६ स्थित सगरमाथा गेष्टहाउसबाट पक्राउ गरेको हो । पक्राउ परेका एकेन्द्र शाही नेपाली सेनाको जवान भएको खुलेको र ललिपुरस्थित ब्यारेकमा कार्यरत रहेको अपराध महाशाखाको भनाइ छ । उनीहरुको साथबाट २२ ग्राम लागूऔषध बरामद भएको महाशाखाका एसपी सोमेन्द्र राठौरले पुष्टि गर्नुभयो । विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले उनीहरुको शरीरमा खानतलासी गरेर लागूऔषध बरामद गरेको थियो । उनीहरुलाई थप कारबाहीका लागि काठमाडौंं प्रहरी परिसर पठाइएको छ ।

 

प्रतिकृया दिनुहोस

डोटीमा आफ्नै श्रीमान विरुद्ध जबरजस्ती करणी उजुरी

डोटी , फागुन ०४ । डोटीकी एक महिलाले आफ्नै श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । जिल्लाको शिखर

१८ किलो सुन तस्करी प्रहरीकै सेटिङमा भएको खुलाशा

धनगढी,फागुन २ ।  बिहीबार कञ्चनपुरको सिमा क्षेत्रमा भेटिएको १८ किलो सुन प्रहरीकै सेटिङमा भएको खुलेको छ।   भारतमा चालक रहेका दाजु लक्ष्मण

कैलालीमा अदालत परिसरबाट एक अभियुक्त फरार

धनगढी,माघ २९ ।  कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् ।   जजरजस्ती करणी मुद्धामा म्याद थपका लागि अदालत लगिएका  कैलालीकै