एनसेलको बाँकी वक्यौता असुल नभए कम्पनी खारेज गर्ने

काठमाण्डौ,माघ २८ । 
दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको अर्थ समितिले दूर सञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी २ अर्ब ९६ करोड रकम एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको हो ।

 

यस्तै रकम असुल गर्न नसकेमा सेवा प्रदायक संस्थालाई काम नगराउन पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।समितिले यसअघि सञ्चार तथा सूचना प्रविधि र अर्थ मन्त्रालयसँगको छलफलमा नौ वटा दूरसञ्चार सेवा प्रदायक संस्थाले पुस मसान्तसम्म २ अर्ब ९६ करोड ८५ हजार बक्यौता रकम असुल गर्न बाँकी रहेको जानकारी दिएका थिए । एक महिनाभित्र पनि बाँकी रकम उठाउन नसके कम्पनी खारेज गर्ने प्रक्रियामा अघि बढ्न समेत सरकारलाई समितिले निर्देशन दिएको छ ।

 

यस्तै, बैठकले एनसेलको पूँजीगत लाभकर असुल गर्ने सम्बन्धमा सर्वोच्चको निर्णय समेत तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । अर्थ मन्त्रालयले पेश गरेको तथ्यांकमा एनसेलले १२ अर्ब ७३ करोड पूँजीगत लाभर उठाउन बाँकी गरेको छ ।एनसेलले ठूलो मात्रामा पूँजीगत लाभकर छली गर्नुमा सरकारको सम्बन्धित निकाय राजश्व प्रशासन र नियामक अन्य निकायहरु पनि जिम्मेवार रहेको समितिको निष्कर्ष निकालेको छ ।

प्रतिकृया दिनुहोस

गोदावरी नगरपालिकाको लालपुरमा ५ करोडको लगानीमा बालुवा प्रसोधन केन्द्र स्थापना

अत्तरिया,फागुन ४ ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शिवशक्ती बालुवा प्रसोधन केन्द्र संचालनमा आएको छ ।   करिब ५ करोडको लागतमा

चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली

अत्तरिया,माघ २५ ।  चर्को ब्याजदरका बिरुद्धमा अत्तरियामा बिरोध र्याली तथा हस्ताक्षर संङ्कलन गरिएको छ । बैङ्कहरुले एकतर्फी रुपमा ब्याज बढाएको

'सुदुरपश्चिम महोत्सब २०७५' को उदघाटन मुख्यमन्त्री भट्टले गर्ने

धनगढी,माघ २० ।  कैलाली उद्योग बाणिज्य संघको आयोजनामा भईरहेको सुदुरपश्चिम महोत्सब २०७५ को सम्पुर्ण  तयारी पुरा भएको छ । आयोजक कैलाली उद्योग