धनगढी प्रिमियर लिग (डीपीएल)का खेलहरु सुरु

धनगढी, माघ २८ । 
बर्षाको  कारण दुई दिन पर सरेका  धनगढी प्रिमियर लिग (डीपीएल) का खेलहरु आजदेखी  भएका छन । शनिबारबाट हुने भनिएको खेलह्ररु  वर्षाका कारण दुई दिन पर सारिएको थियो । आजको पहिलो खेल घरेलु टोली धनगढी स्टार्स र काठमाडौं गोल्डेन्सबीच आज बिहान साढे ९ बजे देखी सुरु भएको हो । काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको छ भने धनगढी स्टार्सको नेतृत्व सोमपाल कामीले गरिरहेका छन् ।

 

अघिल्ला दुवै संस्करणको उपाधि जितेको धनगढी उपाधि रक्षाको लक्ष्यमा हुनेछ । आज नै हुने दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाईटेडबीच १ बजे प्रतिस्पर्धा हुनेछ । रुपन्देही बसन्त रेग्मीको कप्तानीमा मैदान उत्र्रदा महेन्द्रनगर शरद भेषवाकरको कप्तानीमा मैदान उत्र्रिनेछ । विगतका दुई संस्करण धनगढीको मुख्य बजारमा रहेको संघीय प्रहरी इकाई कार्यालयको खेलमैदानमा आयोजना गरिए पनि यस पटक फाप्ला क्रिकेट मैदानमा आयोजना गर्न लागिएको छ । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार नै उद्घाटन गरेका थिए । 

 

डीपीएलका सद्भावनादूत दक्षिण अफ्रिकका पूर्वखेलाडी जोन्टी रोड्स पनि अहिले धनगढीमा छन्। फाप्ला क्रिकेट मैदान निर्माणका लागि डीपीआर बनाउन र केही सुरुआती काम गर्न सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा पाँच करोड रुपैयाँ विनियोजन गरेको छ। डीपीएलको तेस्रो संस्करणमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन, विराटनगर किङ्स र रूपन्देही च्यालेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

 

प्रतिकृया दिनुहोस

डीपीएल क्रिकेट अन्तर्गत आजका दुवै खेल रद्ध , धनगढीे प्रतियोगिताबाट बाहिरियो

धनगढी , फागुन ०४ । मैदानमा पानी जमेका कारण तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तरर्गतका आजका दुबै खेल रद्ध भएका छन । फाप्ला

बर्षाले डिपिएलका आज हुने खेल प्रभाबित

धनगढी, फागुन ४ ।  धनगढीको फाप्ला किर्केट मैदानमा जारी धनगढी प्रमियर लिग (डिपीएल) अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल

डिपिएल अन्तर्गत आजको दोस्रो खेल बर्षाका कारण स्थगित

धनगढी , फागुन ०२ । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेल बर्षाको कारण स्थगित भएको छ ।   विराटनगर