डीपीएलमा काठमाडौं गोल्डेन्सकोे विजयी सुरुवात


धनगढी , माघ २८ ।
धनगढी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ । आज धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौँले विजयी सुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले दिएको १ सय ३३ रनको लक्ष्य काठमाडौंले १९ दशमलव ५ ओभरमा पुरा गर्यो । काठमाडौंका अंकिद दबास २९, गौरव तोमार २८, कप्तान ज्ञानेन्द्र मल्ल ३, अनिल साह २४, सोनु तामाङ र योगेन्द्रसिंह कार्कीले समान २ ,२ रन बनाए । महबुब आलम १२ र विक्रम भुसाल १४ रनमा अविजित रहे भने धनगढीका रोहन मुस्तफाले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । टस हारेर ब्याटिङमा आएको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । डिपिएलको तेस्रो संस्करणको पहिलो खेलमा धनगढीका अमित श्रेष्ठले अर्धसतक पार गरे । यस्तै सन्दीप रजाइलीले २८ र सौरभ खनालले २५ रन बनाए । दोस्रो खेल अहिले महेन्द्रनगर युनाइटेड र रुपन्देहि च्यालेन्जर्स बिच भैरहेको छ ।

 

प्रतिकृया दिनुहोस

डीपीएल क्रिकेट अन्तर्गत आजका दुवै खेल रद्ध , धनगढीे प्रतियोगिताबाट बाहिरियो

धनगढी , फागुन ०४ । मैदानमा पानी जमेका कारण तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तरर्गतका आजका दुबै खेल रद्ध भएका छन । फाप्ला

बर्षाले डिपिएलका आज हुने खेल प्रभाबित

धनगढी, फागुन ४ ।  धनगढीको फाप्ला किर्केट मैदानमा जारी धनगढी प्रमियर लिग (डिपीएल) अन्तर्गत शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीचको खेल

डिपिएल अन्तर्गत आजको दोस्रो खेल बर्षाका कारण स्थगित

धनगढी , फागुन ०२ । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेल बर्षाको कारण स्थगित भएको छ ।   विराटनगर