प्रादेशिक महोत्सब अत्तरियाको सम्पुर्ण तयारी पुरा

अत्तरिया प्रादेशिक महोत्सबको लागी तयार पारिएको प्रमुख प्रबेशद्धारा

हेमराज भट्ट , अत्तरिया , फागुन २३ ।
कैलालीको अत्तरिया फागुन २३ गते अर्थात आजवाट सुरुहुने अत्तरिया प्रादेशिक महोत्सबको सम्पुर्ण तयारी पुरा भएको छ । महोत्सब लाग्ने स्थलको मञ्च ब्यबस्थापनका साथै अन्य समूर्ण कामहरु पुरा भएको आयोजक अत्तरिया उधोग बाणिज्य संघले जनाएको छ । समृद्ध प्रदेशको आधार , कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ भोलीवाट सुरुभई चैत्र ४ गते सम्म संञ्चालन हुने महोत्सवको भोली एक औपचारिक कार्यक्रमका बिच प्रदेश नं ७ का मुख्यमन्त्रि त्रिलोचन भट्टले उद्द्घाटन गर्ने कार्यक्रम तय भएको अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष बसन्त रोकाया ललितले जानकारी दिए । महोत्सव लाग्ने स्थल लामीताल परिसरमा सरसफाई , मञ्च ब्यबस्थापन , सचिवालय , स्टलहरुको ब्यबस्थापन , पाकिड् , स्टल सजावट , शौचालय निर्माण र खानेपानीको ब्यवस्था लगाएतका सम्पुर्ण कार्यहरु पुरा भएको उनले बताए ।

 

 

महोत्सवमा सुदुरपश्चिम अर्थात् प्रदेश नं ७ का सबै जिल्लाहरुका प्रतिनिधित्ब हुनेगरि ब्यबस्थापनको तयारी मिलाईएको उनले बताए । महोत्सब स्थलमा रहेको लामी तालमा डुड्गामा चढेर जैबिक बिबिधताको अबलोकन गर्न सकिने तथा महोत्सवले यस क्षेत्रका स्थानिय स्तरका उत्पादनहरुको प्रर्दशनी र यहाका खानपिनका परिकारहरु महोत्सबको मुख्य आर्कषणका रुपमा रहेको उनले बताए । महोत्सवमा १५० ओटा बभिन्न खाले स्टलहरु राखिएको बताउदै उहाले अघिल्ला बर्षहरु महोत्सव अवलोकन गर्नेको संख्या ६० देखि ७० हजारको हारहारीमा रहने गरेकोमा यसबर्ष दर्शकहरुको संख्या बढाएर ७० देखि ७५ हजारको हाराहारीमा पुञ्याउने रहेको बताए  । १२ दिन सम्म संञ्चालन हुने उक्त महोत्बसमा ढाई देखि तिन करोड सम्मको कारोवार हुने अनुमान गरिएको अध्यक्ष रोकायाले जानकारी दिए । यस्तै महोत्समा दैनिक रुपमा नेपालका चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बिषेश प्रस्तुती रहने सास्कृतिक संयोजक एबम् उधोग बाणिज्य संघका माहासचिब अशोकराज देवकोटाले जानकारी दिए ।

 

 

उनले प्रत्येक दिन बिभिन्न कलाकारहरुको प्रस्तुति रहनुका साथै स्थानिय संघसस्था र बिधालयको सहभागीता प्रस्तुति रहने बताउनुभएको छ । महोत्समा नेपालका चर्चित नायक निखिल उप्रेत , सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली , लोक पप गाएक दुर्गेश थापा , राट्रिंय लोकदोहोरी गायक बद्रि पंङेनी , लोकपप गायक चक्र बम , लोकदोहोरी गायक गोपाल नेपाल जिएम , लोक पप गाएक अर्जुन कौशल , काली प्रसाद बास्कोटा , राजन राज शिवाकोटी , साहिमा श्रेष्ठ , मान्डबी त्रिपाठी , शिव परिवार , लालवाहादुर धामी अछामी बड्ढो , भोजराज भट्ट लगाएत अन्य प्रदेश नं ७ का चर्चिक देउडा गायकहरुको सहभागीता रहने उनले बताए ।

 

 

 

तेसो्र संस्करणका रुपमा संञ्चालन हुन लागेको प्रादेशिक महोत्सबको मुख्य प्रायोजक सर्वोतम पेन्ट रहनेछ भने पा्रयोजक भागेश्वर गु्रप रहने आयोजकले बताएको छ ।  मुख्य प्रबद्धकमा गोदावरी नगरपालिकाको कार्यालय रहेको र प्रबद्धकमा कैलाली उधोग बाणिज्य संघ रहने आयोजकको भनाई छ । १२ दिन सम्म चल्ने यस महोत्सबमा महोत्सबको अबलोकनका लागी बिधार्थीहरुका लागी ४० रुपैया र अन्य सर्बसाधारणहरुका लागी ५० रुपैया टिकटको मुल्य कायम गरिएको आयोजक अत्तरिया उधोग बाणिज्य संघले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

गोदावरी एफ एमका समाचार प्रमुख हेम राज भट्टले बेसाहाराहरुको साहारा घरमा मनाए आफ्नो जन्म दिन

अत्तरिया , असोज ०५ । कैलालीको अत्तरियामा लामो समयदेखी बिभिन्न क्षेत्रमा कलम चलाउदै आएका पत्रकार हेमराज भट्टले आज आफ्नो जन्मदिन बेसाहाराहरुको माझ

कञ्चनपुरमा ७ वर्षीया बालिकालाइ बलत्कार गरेको आरोपमा १० वर्षीय बालक पक्राउ

कञ्चनपुर , असोज ०५ । स्कूलको कक्षाकोठामै बलात्कार गरेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको

जोशीपुरका व्यापारीको हत्यामा संलग्न तीन जना पक्राउ , प्रहरीद्धारा सार्वजनिक

धनगढी , असोज ०४ । गत भदौ २८ गते राती कैलालीको जोशीपुरमा भएको व्यापारीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका तिनै जनालाई