आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा अफगानिस्तानको सामना गर्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो १ ः १५ बजे अफगानिस्तानको सामना गर्नेछ । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सात पटक भिडेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ ।सुपर सिक्समा आफनो स्थान सुरक्षित गर्नका लागि नेपाललाई उक्त खेल जित्नैपर्ने दबाब छ । लगातार दुई खेलमा नेपालले हार बेहोरेको छ । नेपालले एक दिवसीय मान्यता पाउनका लागि बाँकी दुबै खेल जित्नैपर्ने हुन्छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रन तथा दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटको हारेको थियो ।

टेष्ट मान्यता पाइसकेको अफगानिस्तान स्कटल्याण्ड, जिम्बावे र हङकङसँग पराजित भइसकेको छ । अफगानिस्तानको सुपर सिक्समा पुग्ने गणितीय आधार मात्र बाँकी छ । नेपालले अफगानिस्तानसँगै हङ्कङसँग खेल्न बाँकी छ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थान हात पार्ने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसबाट शीर्ष दुई टोली छनोट भई विश्वकप क्रिकेट प्रतियोगिताको लागि छनोट हुनेछन् । रासस

 

 

प्रतिकृया दिनुहोस

गौरीशंकर क्रिकेट कपको उपाधिमाथि आयोजककै टिम ए ले कब्जा जमायो

अत्तरिया , असार ०२ । गोदावरी नगरपालिका वडा नं २ मा सम्पन्न गौरीशंकर क्रिकेट कपको फाईनल खेलमा आयोजक गौरीशंकर टोल सुधार समितिको टिम ए उपाधि जित्न सफल

विश्वकप फुटवल देखाउन कुनै शुल्क लगाउन नपाईने कैलाली प्रशाशनको शर्त

अत्तरिया ,असार १ ।   जेठ ३१ गते देखी शुरु भएको  २१ औँ विश्वकप फुटवलका विभिन्न चरणका खेलहरु आ -आफ्नो परिसरमा मात्र सन्चालन गर्न जिल्ला प्रशाशन

फुटबलको माहाकुम्भ आजबाट शुरु

मस्काे,जेठ ३१ ।  चार वर्ष लामो प्रतिक्षा समाप्त गर्दै आजबाट  रुसमा विश्वकप फुटबलको २१ औं संस्करण शरु हुँदैछ । रुसमा पहिलोपटक हुन लागेको यो