चक्र बमको नाच भुण्टी बजारमा आयो ।

काठमाडौँ २५ , माघ । नेपाली लोक पप तथा देउडा गायक चक्र बमले सोमबार देउडा गीत ‘नाच भुन्टी नाच’ झुमा २ बजारमा ल्याएका छन्। पछिल्लो समय नेपाली साँगितिक बजारमा युवादेखी बुढाबुढी पुस्तासम्मको मन छुने गीतहरु बजारमा ल्याएर चर्चा कमाएका बमले सोमबार आफ्नै युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्बजनिक गरेका छन्। यहि हप्ता ‘टाप बम्बै’ बजारमा ल्याएका बमले लगत्तै अर्को भिडियो सार्बजनिक गरेका छन्। बिगतमा उनका ‘नाच मेरी झुमा’, ‘धौलिको ब्या’, ‘दारु सड्काउने’ लगायतका गीतहरु बजारमा हिट भएका कारण उनले पछिल्लोसमय लोक बजारमा कब्जा जमाउदै आइरहेका छन्। ‘नाच भुन्टी नाच’ बजारमा ल्याएपछि सञ्चारकेन्द्रसँग कुरा गर्दै उनले भने- ‘बिगतमा जस्तै यसपाली पनि मलाई मेरा प्यारा श्रोता, दर्शक तथा पाठकहरुले माया गर्नु हुने छ भन्ने आशा गरेको छु ।’ गायक चक्र बम आफैले प्राय गीतमा सब्द, संगीत पनि आफैले गर्ने गरेका छन्। पछिल्लोपटक नेपाली साँगितिक बजारमा उनलाई बहुआयामिक प्रतिभा भएका उदयमान कलाकारका रुपमा हेर्न थालिएको छ।

प्रतिकृया दिनुहोस

चर्चित उपन्याश 'सखीको' धनगढीमा गृह बिमोचन (फोटो फिचर)

  धनगढी,कार्तिक २१ ।  चर्चित उपन्याश सखीको धनगढीमा बुधबार गृह बिमोचन सम्पन्न भएको छ । धनगढी जेसिसले आयोजना गरेको कार्यक्रममा  नेपाली

तेजेन्द्र गन्धर्वले गाए निर्मला हत्याको मार्मिक गीत (भिडियोसहित)

काठमाण्डौ ,कार्तिक १२ ।  ‘द भ्वाइस’ को आइतबार रातिको कार्यक्रममा भोजपुरका तेजेन्द्र गन्धर्वले निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई