अछाममा स्वास्थ्य बिमा प्रभावकारी बन्दै

अछाम , फागुन २७ ।
आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्य सेवाको पहुँँचमा ल्याउने उद्देश्यले सरकारको सामाजिक स्वाथ्यविकास बोर्डमार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अछाममा प्रभावकारी बन्दै गएको छ । भौगोलिक कठिनाइ, गरिबी, नागरिकको चेतनास्तरलगायत चुनौतीका बाबजुद पनि बिमा कार्यक्रममा आमनागरिकको आकर्षण देखिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास बोर्ड अछामका दर्ता अधिकारी प्रेमबुढाले बताए । ०७३ पुस महिनादेखि सुरु गरिएको बिमा कार्यक्रम अन्तर्गत अछाममा हालसम्म ४ सय ७८ घरपरिवारका २ हजार ४ सय ७८ जनाले स्वास्थ्य बिमा गराएका छन ।

उनीहरूबाट बिमा गराएबापतको १२ लाख रकम संकलन भएको छ । बिमा लागू भएपछि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन । प्रत्येक परिवारमा ५ जनासम्मका लागि २ हजार ५ सय र ५ जनाभन्दा माथिको संख्या भएमा थप ४ सय २५ रुपैयाँ शुल्क लाग्नेछ । बिमा गरेपछि एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई ५० हजारसम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिनेछ । तर, त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिनेछ । गरिब असहायका लागि स्वास्थ्य बिमा प्रभावकारी भए पनि आर्थिक अवस्था कमजोर भएको देखाउँदै स्वास्थ्य बिमा गर्न नसकेको दर्ता सहयोगी लक्ष्मी केसीले बताए ।

गरिब नागरिकका लागि स्वास्थ्य बिमा बढी आवश्यक हुने भन्दै जनस्वास्थ्य निरीक्षक झनक ढुंगानाले बिमा गराएर पैसा अभावमा उपचारबाट वञ्चित हुनुपर्ने समस्याबाट मुक्त हुन सबै नागरिकलाई आग्रह गरे । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाका आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा लागू भएको सामाजिक स्वास्थ्य सुरक्षा बोर्ड प्रदेश नम्बर ७ का संयोजक जनक साउदले बताए ।

 

प्रतिकृया दिनुहोस

उपचार छोडेर चिकित्सकहरुले स्वास्थ्य संस्थाहरु ठप्प पारे

धनगढी ,भाद्र १७ ।  नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकको सेवा समेत ठप्प पारिएको छ।डाक्टर तथा

नेपाल चिकित्सक संघद्धारा आन्दोलनको घोषणा

काठमान्डौ, भदौ१६ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ ।  सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र

महन्थ ठाकुरले कैलाली कारागारमा रहेको लक्ष्मण थारुलाई भेटे

धनगढी ,भाद्र ४ ।  राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले  कैलाली कारागारमा रहेको सोही पार्टीका नेता  लक्ष्मण थारुलाई भेटेका छन् ।