यसपटकको एसईई परीक्षामा दुईथरि प्रश्न सोधिने, परीक्षाको तयारी पूरा

काठमाण्डौ फागुन २७ । यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईथरि प्रश्न सोधिने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले कुल ८ सय पूर्णांकको पुराना विद्यार्थीलाई पुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोध्न लागिएको जनाएको छ । गत वर्ष कक्षा १० का सबै विषयको पाठ्यक्रम परिवर्तन भएकाले नयाँ विद्यार्थीलाई सोही पाठ्क्रमअनुसार प्रश्न सोधिने छ । गत वर्ष नै एसईईमा सहभागी भए पनि थप अध्ययनका लागि आवश्यक प्राप्तांक नपुगेका पुराना विद्यार्थी (एक्जाम्टेड) लाई पुरानै पाठ्क्रमअनुसार नै प्रश्न सोध्न लागिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । रेग्मीका अनुसार गत वर्षको परीक्षामा जीपीएमा १ दशमलव ६ भन्दा थोरै स्कोर आएका अधिकांश विद्यार्थी एक्जाम्टेड समूहमा सहभागी हुँदैछन् । त्यसबाहेक कुनै विषयमा उच्च ग्रेड ल्याए पनि कुनै विषयमा न्यूनतम प्राप्तांक पनि ल्याउन नसकेका विद्यार्थीसमेत यो समूहबाट परीक्षामा सहभागी हुनेभएका छन । कक्षा १० को पाठ्यक्रम परिवर्तन भएसँगै प्राक्टिकल गर्नुपर्ने विषय पनि थपिएका छन् । रेग्मीका अनुसार अनिवार्य ६ वटा विषयमध्ये ५ वटामा प्राक्टिकल हुनेछ । ऐच्छिक विषयमा पनि प्राक्टिकल हुने भएको छ । नेपालीमा पनि कुल सय पूर्णांकमध्ये ७५ नम्बरको सैद्धान्तिक र २५ नम्बरको प्राक्टिकल हुने र गणितमा मात्र प्राक्टिकल नहुने उनले बताए । परीक्षा चैत ८ देखि २० गतेसम्म सञ्चालन हुँदैछ । गत वर्ष एसईई चैत ३ देखि १४ गतेसम्म भएको थियो । परीक्षा नियन्त्रक रेग्मीका अनुसार यस पटक नियमित र एक्जाम्टेड समूहबाट गरी कुल ४ लाख ८७ हजार परीक्षार्थी सहभागी हुँदैछन् । गत वर्ष एसईईमा ५ लाख ३८ हजार परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री केपी ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान

काठमान्डौ , असार ०५ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका छन् । चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय

वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन

काठमाडौं  , असार ०४ । वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित ६५ वर्षका उहाँको बाँसबारीस्थित

कैलालीको शिवगंगा र चौमाला नदी क्षेत्रमा माथिल्लो सतहमा नै पानी भेटिएपछि रेलमार्ग निर्माणमा समस्या हुने

काठमाण्डौ , असार २।  पूर्व-पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको क्रममा पश्चिम खण्डका समस्या देखिएको छ ।  कैलालीको