बोक्सीको आरोपमा कुटपिट गरिएकी राधा चौधरीलाई मुख्य मन्त्री भट्टले अस्पाताल पुगेर भेट गरे ।

फागुन २७, धनगढी । 
बोक्सीको आरोपमा कुटपिट गरिएकी  कैलालीको घोडाघोडी नगरपालिका-५ की राधा चौधरीको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । 

सेती अञ्चल अस्पातालमा उपचार गराईरहेकी चौधरी भेटन अस्पातल पुगेका सात नम्बर प्रदेशका मुख्य मन्त्री त्रीलोचन भट्टले चौधरीको सबै उपचार खर्च सरकारले गर्ने जानकारी दिए। उनले घटनामा दोषीलाई कडा भन्दा कडा कार्बाही गरिने बताए । "यो घटनाले सबैलाई दुखी बनाएको छ" उनले भने - "घटनामा सँग्लग्न् जो कोहीलाई पनि कार्बाही हुन्छ" । मुख्य मन्त्री भट्टले कुनै पनि  मिलापत्र गर्न दबाब आए  त्यसलाई अस्विकार गर्न समेत पीडित पक्षलाई आग्रह गरे ।

यसै बिच  प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट आइतबार जारी विज्ञप्तिमा ‘कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको जनाएको छ । 
यही फागुन २४ गते बिहीबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले कुटपिट गरेको र स्थानीयबासी मुकदर्शक बनेको भिडियो सार्वजनिक भएको थियो । घटनामा सग्लगन  देउकलियाका राम बहादुर चौधरी र  किस्मिता चौधरीलाई प्रहरी पक्राउ गरीसकेको छ  । 

प्रतिकृया दिनुहोस

करेण्ट लागेर मालाखेतीमा एक जानाको ज्यान गयो

अत्तरिया , असार ४ ।  गोदावरी नगरपालिका ३ मा करेण्ट लागेर एक जानाको ज्यान गएको छ । मूर्त्यु हुनेमा गोदावरी नगरपालिका, ८ का प्रयाग चौधरी रहेका छन

सात नम्बर प्रदेश सरकारले स्थानिय तहको लागी न्युन बजेट बिनियोजन गरेको प्रती जनप्रतिनिधीको असुन्तुष्टी

धनगढी ,असार ३ ।   ७ नम्बर प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमा  स्थानीय तहहरूका लागि न्यून बजेट विनियोजन गरेको भन्दै

अब टोल टोलमा प्रहरी

धनगढी ,असार ३।  केन्द्रिय कार्यक्रम अनुसार कैलालीमा पनि आजदेखी टोलटोलमा प्रहरी अभियान सुरु भएको छ । समाजमा शान्ति शुरक्षा दिने उद्देश्यले गृह