कैलाली १ बाट निर्बाचित सांसद् रेशम चौधरीलाई संसदमा उपस्थित गराउन राजपाको माग।

फागुन २७, काठमाडौं । 
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कैलाली १ बाट निर्बाचित सांसद्  रेशम चौधरीलाई संसदमा उपस्थित गराउन माग गरेको छ।आइतबारको संघीय संसदको बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले  चौधरीलाई  संसदमा उपस्थित गराउन सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराएका हुन्।

‘प्रधानमन्त्रीले विश्वासको मत लिने बेला एउटा सदस्यले सपथ लिन नपाउनु  दुर्भाग्य हो’, उनले भने– ‘रेशम चौधरीको अवस्था गम्भीर छ, उचित उपचार र यथाशीघ्र चाँडो सदनमा उपस्थित गराइयोस।’उनले आफूहरूले कानूनी राज्यको सम्मान गर्ने भन्दै चौधरीलाई उपस्थित गराएर निर्णय लिन सभामुखलाई आग्रह गरेका थिए। चौधरीको विषयमा पहल गर्न उनले सरकारको पनि ध्यानाकर्षण गराए।

   टीकापुरमा वरिष्ठ प्रहरी अधिकारीको ज्यान जानेगरी भएको हिंसात्मक घटनापछि फरार चौधरीले केही दिनअघि जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। अदालतको आदेशसँगै कारागार चलान भएका चौधरीको समूहले रिहाई र सांसद पदको सपथको माग गर्दै कारागारभित्रै आमरण अनसन थालेको थियो। अनसनले स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई थप उपचारका लागि काठमाडौै ल्याइएको छ। शनिबारमात्रै राजपा अध्यक्ष मण्डलले गृहमन्त्री रामबहादुर थापालाई भेटी चौधरीलाई रिहा गर्न माग गरेको थियो।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री केपी ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान

काठमान्डौ , असार ०५ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका छन् । चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय

वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन

काठमाडौं  , असार ०४ । वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित ६५ वर्षका उहाँको बाँसबारीस्थित

कैलालीको शिवगंगा र चौमाला नदी क्षेत्रमा माथिल्लो सतहमा नै पानी भेटिएपछि रेलमार्ग निर्माणमा समस्या हुने

काठमाण्डौ , असार २।  पूर्व-पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको क्रममा पश्चिम खण्डका समस्या देखिएको छ ।  कैलालीको