अत्तरियाको बसन्तपुरमा ट्याक्टरले साइकललाई ठक्कर दिदा १ जनाको ज्यान गयो , ३ घाइते ।


कैलालीको गोदावरी  नगरपालिका १ वसन्तपुरमा ट्याक्टरले साइकललाई ठक्कर दिदा १ जनाको ज्यान  गएको  छ । आइतबार  अपराहान्न साढे १२ बजे तिर पुर्वबाट पश्चिम तर्फ आइरहेको से १ त ३१४२ न को ट्याक्टरको ठक्करबाट सोहि दिशातर्फ आइरहेका साइकल चालक वसन्तपुरका अन्दाजि २२ बर्षिय सुनिल ओझाको मृत्यु भएको हो  । घटना लगतै ओझालाई पदमा अस्पतालमा ल्याइएको भएपनि उपचार सम्भव नभएपछि सेति अंचल अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले  जानकारि दिएको छ  । यस्तै दुर्घटनामा परि ३ जना घाइते भएका छन । घाइते हुनेहरुमा साइकलमा सवार वसन्तपुरका २१ बर्षिय सुरज कडायत, धनगढी उपमहानगरपालिका ३ भन्सार टोलका १८ बर्षिय विरेन्द्र चौधरी , सोहि ठाउका २१ वर्षीय  कालु चौधरी रहेका छन । घाइते तिनै जनाको पदमा अस्पतालमा उपचार भैरहेको छ । ट्याक्टर चालक धनगढीउपमहानगरपालिका ३ भन्सारका २० वर्षिय सन्जीव चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टरभने सडकबाट २० मि तल खसेको छ । घटनास्थलबाट ट्याक्टर निकाल्ने कार्य भैरहेको सुदुरपश्चिम क्षेत्रिय टफिक प्रहरी कार्यालय अत्तरीयाले जानकारि दिएको छ ।

 

प्रतिकृया दिनुहोस

योग दिबसको अबसरमा ७ नम्बर प्रदेशका सबै मन्त्रीद्वारा योग अभ्यास

धनगढी , असार ७ ।  योगलाई प्रदेश भरी अभियानकै रुपमा संचालन गरिने प्रदेश नम्वर ७का मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भयको छ । चौथो अन्तराष्ट्रिय

अत्तरिया पतंजलि योग समितिले यसरी मनायो चौथो अन्तराष्ट्रिय योग दिबस (फोटो सहित )

हेमराज भट्ट , अत्तरिया असार ०७ । आज चौथो अन्तराष्ट्रिय योग दिबस प्रदेश नं ७ का साथै देश बिदेशमा बिभिन्न कार्यक्रमहरु गरि मनाईदैछ । सोहि अबसरमा

अत्तरियावाट कटुवा पेस्तोलसहित एकजना पक्राउ

अत्तरिया , असार ०६ । कैलालीमा अत्तरियावाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको टोलीले गोदावरी