नामिबियाद्वारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत

२५ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियाले नेपालसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । विन्डहोकमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । पहिलो ओभरबाटै घरेलु टोलीलाई दबाबमा राखेको नेपालले घरेलु टोलीलाई ३४.२ ओभरमा १३८ रन बनाउँदा अलआउट बनायो । उसका क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए । उनले जेपी कोट्जेसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । गि्रन र जान फ्राइलिंकले समान २२ रन जोडे । नामिबियालाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने एक्लैले चार विकेट लिए ।८.२ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र १८ रन दिएका थिए । सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मी, पारस खड्का र शरद रेग्मीले १-१ विकेट आफ्नो नाममा लेखाए ।

प्रतिकृया दिनुहोस

बनदेवी युवा क्लबको आयोजनामा BYC फुटबल लिग प्रतियोगिता सुरु

अत्तरिया , असोज २५ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको बनदेवी युवा क्लबको आयोजनामा विहिवारदेखी  BYC फुटबल लिग प्रतियोगिता सुरु भएको छ

प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आर्दश युवा क्लब खमौरालाई

अत्तरिया , असोज २४ । नेपालीहरुको माहान चार्ड दशै , तिहार तथा छठ पर्वको अबसर पारेर यहि असोज १८ गतेदेखी सुरु भएको प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको

टी–ट्वान्टी विश्व कपअन्तर्गत चीनविरुद्ध नेपालको शानदार जित

काठमाण्डौ ,असोज २४ ।  टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा चीनविरुद्ध नेपालले जितेको छ ।  एक सय ९ बल बाँकी