घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथीको आक्रमणमा आफुहरुको सङलग्नता छैन - बिप्लप माओबादी

फागुन २९ , अत्तरिया 
विप्लव नेतृत्वको नेकपा  माओवादीले घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथी आफुहरुले आक्रमण नगरेको जनाएको हो । नेकपा माओवादीका जिल्ला कमिटी सदस्य विनोद विष्टले हतियार उठाएर कार्वाहि गर्ने तत्काल आफ्नो पार्टीको कुनै निति नरहेको प्रस्ट पारे  ।

उनले गोदावरी एफ एम सँग कुरा गर्दै भने "सार्वजनिक पद धारण गरेका कुनै व्यक्तीले  भ्रष्टाचार गरेको पाइएमा कालोमोसो दल्ने , सचेत गराउने लगाएतका कार्यक्रम मात्रै तत्काल पार्टीले कार्यान्वयन गरेको छ  ।" जसरी अहिले पार्टीलाई बदनाम गराउने गरी कुरा बाहिर आएको छ त्यो सत्य होइन" विष्टले भने -"पार्टीका जिम्मेवार साथीहरुलाई पक्राउ गरिएको छ घटना हाम्रा साथीहरु सँगलग्न भए क्न घरमा सुतिरहन्छन "।

जिल्ला सदस्य बिष्टले  घटनाको अनुसन्धानका लागि प्रहरीले आफुहरुका कार्यकर्ता पक्राउ गरेको हो भने त्यसमा आफुहरुले पनि सहयोग गर्ने तर कार्यकर्ताहरुमाथि कुनैपनि प्रकारका झुटा मुद्दा लगाएमा कडा प्रतिकारमा उत्रने चेतावनि दिए  ।

केहि दिन पहिले मात्रै  नगर प्रमुख चौधरीमाथि कारवाही गर्ने भनेर बिप्लव नेतृत्वको माओवादीको विज्ञप्ति बाहिर आएको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले विप्लव नेतृत्वको माओवादीका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

सोमबार राति घरमै सुतिरहेको अवस्थामा राष्ट्रिय युवा जनस्वयसेवक संगठनका अध्यक्ष कमल क्षेत्री ,घोडाघोडी नगरकमिटीका  सेक्रेटरी भरत शाह र टीकापुर नगर सेक्रेटरी हृदय बोगटीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

धनगढीलाई प्रदेशको अस्थाई राजधानी तोकेपछि मुख्य बजारमा सवारीको चाप बढ्दो

धनगढी , जेठ १४ । धनगढीलाई प्रदेशको अस्थाई राजधानी तोकेपछि मुख्य बजारमा सवारीको चाप अत्यधीक बढेको छ। ट्राफिक चौराह देखि क्याम्पस चोकसम्मको धनगढी बजार

धनगढी गोलीकान्ड को आशंकामा दिनभर थुनामा परेका अत्तरियाका दुई स्थानिय रिहा

धनगढी,१३ जेठ । धनगढी गोलीकान्डको आशंकामा पक्राउ परेका दुई जनालाई प्रहरी छोडेको छ । आज बिहान अाई एम ईमा कार्यरत निर्मल  कार्कीलाई ब्याँकबाट पैसा

अत्तरिया जुनियर जेसिजको आयोजनामा ७ दिने उद्घोषण तालिम सुरु

अत्तरिया , जेठ १३ । कैलालीको अत्तरियामा आईतवारदेखि ७ दिने उद्घोषण तालिम सुरु भएको छ । अत्तरिया जुनियर जेसिजको आयोजना र गुरास एकेडेमीको आर्थिक सहयोगमा