अत्तरिया महोत्सबमा दर्शकको सहभागिता न्युन , आयोजकले सम्झौता बमोजिम कार्य नगरेको भन्दै स्थानिय कलाकलाकारद्वारा असुन्तुष्टी ।

धुर्ब ओझा, अत्तरिया फागुन २९ ।
 कैलालीको अत्तरियामा जारी प्रादेशीक महोत्सवको सातौ दिन मंगलवार पनि  राष्ट्रिय तथा स्थानिय कलाकारहरु र बिभिन्न संघसंस्थाहरुले समेत प्रस्तुतिहरु प्रस्तुत गरेका छन ।

महोत्सवमा संगीतकार तथा गायक राजन राज शिवाकोटीले आफ्ना आधा दर्जन नेपाली चलचित्रका चर्चित गीतहरु गाएर दर्शकलाई मनोरन्जन दिएका हुन । महोत्सवमा  मोडल शुसीला कार्की , गुरुकुल डान्स एकेडेमी र दुर्गाज्योती ईङलिस बोर्डिङ स्कुलका बिद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका छन  ।

महोत्सवमा डेउडा गायक सुरत रावलको प्रस्तुति भनिएपनी उनको उपस्थिती भने रहेन । स्थानिय केही  कलाकारहरुले आयोजकले भने जस्तो पारिश्रमिक नदिएको भन्दै असुन्तुष्टी समेत जनाएका छन । फारबेस्ट डान्स फाउण्डेसनले सम्झौता अनुसारको काम नगरेको आयोजकलाई आरोप लगाएको छ ।

फाउण्डेसनले एक प्रेस  बिज्ञप्ती जारी गर्दै महोत्सबमा चरम लापरबाही र अपमान गरेकोले आगामी दिनमा महोत्सबमा सहभागी हुन नसक्ने जनाएको हो । महोत्सवमा मंगलवार दर्शकको सहभागीता निकै न्युन रहेको छ । महोत्सबमा गत बर्षको जस्तै परम्परागत कुरा बाहेक  नयाँ हेर्न लायक खासै केही नभएकोले पनि यो बर्ष दर्शकको सहभागीता कम भएको हुन सक्ने महोत्सवमा सहभागी एक दर्शकले बताए ।  

गर्मी को मौसम र देशभर भईरहेका पछिल्ला दु:खद  घटनाक्रमले पनी  दर्शकको सहभागीता न्युन भएको आयोजकले जनाएको छ । महोत्सबमा मनोरञ्जनकालागि लामीतालमा डुङगाको ब्यवस्था गरिएको छ ।

 प्रदर्शनी स्थलमा १ सय  ५० स्टलहरु राखिएका भएपनी ब्यापार नहुदा ब्यबसायीहरु समेत निराश बनेका छन । विद्यार्थिहरुका लागि ४० र अन्य सर्वसाधारणहरुका लागि ५० रुपैया टिकटको व्यवस्था गरिएको छ ।

समृद्ध प्रदेशको आधार,कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ अत्तरिया उधोग  बाणिज्य संघको आयोजनामा यहि फागुन २३ गतेबाट शुरु भएको महोत्सव चैत्र ४ गते सम्म चल्ने भएको छ ।

प्रतिकृया दिनुहोस

दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गएको प्रति ७ नं प्रदेशका सरोकारवालाद्धारा चिन्ता व्यक्त

कैलाली , साउन २८ । मुलुकमा दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गइरहेको प्रति प्रदेश ७ का सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । फाया नेपालले आयोजना

कैलालीमा भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै किसान आन्दोलित

धनगढी , साउन २० । कैलालीमा भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै किसान आन्दोलित भएका छन् । किसानहरूले आज धनगढीमा विरोध

प्रदेश ७ मा छिट्टै नेपाल पर्यटन बोर्डको अफिस स्थापना गरी आन्तरिक पर्यटनलाई भित्र्याउने गृहकार्य थलानी गर्दैछौं - पर्यटनमन्त्री रबिन्द्र अधिकारी

धनगढी ,असार ३१ ।  संघिय सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीले प्रदेश नम्बर ७ को पर्यटन बिकासको लागि पर्यटन उद्यम मैत्री वातावरण सृजना गरिरहेको