रेशम चौधरी वीर अस्पतालको ICU मा भर्ना ।

फागुन २९ , काठमाण्डौ । 
कैलाली १ बाट निर्बाचित सांसद रेशमललाल चौधरी आइ सि यु मा भर्ना भएका छन । स्वास्थ्यमा सुधार  नआएपछि  चौधरीलाई ICU  मा भर्ना गरिएको हो ।

गत फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशन बसेका चोधरी लगायतका थुनुवाहरुको स्वास्थ्यमा समस्या देखिएपछि पटक पटक  सेती अञ्चल अस्पताल लगिएको थियो ।यहाँ उपचार हुन नसकेपछि  अस्पतालले चौधरीलाई काठमाडौं रिफर गरेको थियो  ।
२०७२ भदौं ६ गते कैलालीको टिकापुरमा आन्दोलनको क्रममा भएको झडप हुँदा सातजनाको ज्यान गएको थियो । सो घटनाको मुख्य  दोषी रेशम चौधरीलाई देखाइएको थियो । प्रहरीले चौधरीलाई खोज्न थालेपछि उनी फरार भएका थिए ।  उनले आफु घटनाको दोषी नभएको र सामाजिक सदभाब कायम गर्न केही समय बाहिर बसेको बताउदै  आएका छन ।

 फरारकै क्रममा उनले  कैलाली–१ बाट प्रतिनिधिसभा चुनाव जितेका हुन । उनलाई आयोगले प्रमाणपत्र पनि दिएको छैन भने शपथ पनि लिएका छैनन् । उनी अदालतमा फागुन १४ गते हाजिर भएका थिए । उनी हाजिर भएपनि पूर्पक्षका लागि थुनामा राखिएको छ ।

थुनामा राखेपछि उनले विभिन्न माग राखी अनसन शुरु गरेका थिए। वीर अस्पतालमा आइ सि युमा भर्ना गरेपछि उनलाई भेटन राजपाका अध्यक्ष महन्त ठाकुर लगाएतका नेताहरु अस्पताल पुगेका छन ।  

प्रतिकृया दिनुहोस

निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष

जेठ ७, काठमाण्डौ ।   सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन

दुई पार्टी मिलेपछि उपसभामुख भएकाहरुको पद के हुन्छ ?

जेठ ४ , काठमाण्डौ ।  एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेसँगै अब ति दलबाट बनेका  उपसभामुख भएकाहरुको पद के हुन्छ भन्ने प्रश्न उठेको छ

एमाले र माओबादी पार्टी आज एकता हुँदै, पार्टी एकता हुने भएपछी कार्यक्रतामा खुशीयाली

जेठ ३ ,काठमाण्डौ ।  आज एमाले– माओवादीबीच पार्टी एकताको घोषणा हुने भएको छ ।  एकता संयोजन समितिको बैठक सकिएपछी पार्टी एकताको औपचारिक घोषणा हुनेछ ।