बझाङमा जीप दुर्घटना २ महिलाको मृत्यु, २ को अवस्था चिन्ताजनक ।

फागुन ३०,बझाङ ।
बझाङमा जीप दुर्घटना हुँदा २ जना महिलाको ज्यान गएको छ ।

दुर्घटनामा छविसपाथीभेरा गाउँपालिका–५, की ५२ वर्षीय सोनकोसा जाग्री र ४८ वर्षीय रुद्रा जाग्रीको ज्यान गएको प्रहरीले जनाएको छ । बुधबार बिहान छविसपाथीभेराको ब्याँसी थलाराबाट भाँडे बजारतर्फ आउँदै गरेको से १ ज ६१५ नम्बरको जीप नेटारेल्यामाटी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्  । घाइते हुनेका छविसपाथीभेरा–५, कै जमान धामी र देबराज जाग्री रहेको प्रहरीले जानकारी गराएका छन् । घाइते दुवै जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने काम भैरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

 

प्रतिकृया दिनुहोस

गोदावरी एफ एमका समाचार प्रमुख हेम राज भट्टले बेसाहाराहरुको साहारा घरमा मनाए आफ्नो जन्म दिन

अत्तरिया , असोज ०५ । कैलालीको अत्तरियामा लामो समयदेखी बिभिन्न क्षेत्रमा कलम चलाउदै आएका पत्रकार हेमराज भट्टले आज आफ्नो जन्मदिन बेसाहाराहरुको माझ

कञ्चनपुरमा ७ वर्षीया बालिकालाइ बलत्कार गरेको आरोपमा १० वर्षीय बालक पक्राउ

कञ्चनपुर , असोज ०५ । स्कूलको कक्षाकोठामै बलात्कार गरेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको

जोशीपुरका व्यापारीको हत्यामा संलग्न तीन जना पक्राउ , प्रहरीद्धारा सार्वजनिक

धनगढी , असोज ०४ । गत भदौ २८ गते राती कैलालीको जोशीपुरमा भएको व्यापारीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका तिनै जनालाई