गायक चक्र बमको चर्चा चुलिँदै ।

फागुन ३० , अत्तरिया । 
डेउडा गायक चक्र बमको ब्यस्तता बढेको छ । पछिल्लो बर्ष उनले गाएका सबै गीत स्रोताले मन पराएपछि उनको चर्चा चुलिदै गएको छ । पुर्ख्यौली घर डोटी भएका बमको जन्म भने गोदावरी नगरपालिका ६ लालपुरमा बुवा रुद्र सि बम र आमा पार्बती देबी बमको सांईलो सन्तानको रुपमा २०४९ सालमा भएको हो ।

पहिलो गीत उनले २०६९ मा मोटा चावँलको डेउडा रेकर्ड गरेका हुन । त्यती बेला त्यो गीतले राम्रै सफलता पाएको थियो । उनको सफलता नाच मेरी झुमा बाट शुरु भयो । डेउडा गीतमा र्यापको प्रयोग गरेर नयाँ स्वाद दिएपछी स्रोताले उनको यो गीत निकै मन पराए । त्यसपछि उनले बजारमा ल्याएका गीतहरु डिजे वालाले ,दारु सडकाउने ,नाच भुन्टी र अहिले टाप बम्बै निकै चर्चामा रहेका छन ।

आफु सानै देखी नृत्य गर्न चाहाना राख्ने भए पनी यस क्षेत्रमा निरन्तर लागेकोले गाएक बनेको उनको भनाई छ । प्राय उनी आफ्ना गीतमा आँफै मोडिलिङ गर्ने गर्दछन । "रुची अहिले पनि नृत्यमा  भएकोले आफ्ना गीतमा मोडीलिङ गरेको हुँ", गायक बमले भने" अरुका गीतमा पनि मोडिलिङ गर्ने अफर आउंछ डेउडा गीतमा बढी मोडिलिङको अफर आउन थालेको छ" ।

यो पटक उनले देशभरका झण्डै २५ वटा जती महोत्सबमा आफ्नो प्रस्तुती दिन सफल भएका छन । बिशेषगरी देशको पश्चिम क्षेत्रका आयोजना भएका  अधिकांस महोत्सबमा उनले आफ्नो सहभागीता जनाएका छन । आफ्नो घर आँगन् मा हुने कार्यक्रमलाई  सधैं साथ दिनु पर्छ भनेर अहिले भारतका बिभिन्न ठाउँमा हुने कार्यक्रम रद्द गरेको उनले जानकारी दिए ।

झण्डै दुई दर्जन डेउडा र अन्य गीत गाएका बमले स्थानिय स्तरमा हुने मेला महोत्सबले कलाकारलाई आर्थिक रुपमा राम्रै फाईदा हुने गरेको उनको बुझाई रहेको छ । मेला महोत्सबका आयोजकले राम्रो प्रतिभा आफ्नो ठाउँमा भएपनि पहिचान गर्न नसकेको उनको गुनासो रहेको छ । "बाहिरबाट आउने जस्तो कलाकार भएपनी राम्रो पारिश्रमिक दिने स्वागत सत्कार गर्ने चलन अझै पनि छ", उनले भने - "यहाँको कलाकारलाई स्थानिय भन्ने र राम्रो प्रतिभा भएपनी उनिहरुको सम्मान गर्न नसक्ने प्रब्रितीको अन्त्य हुनु जरुरी छ" ।  

 

प्रतिकृया दिनुहोस

गायक कलौनीको गीत "म त चरी आउला" युट्युबमा सार्वजनिक

बैशाख २० , अत्तरिया ।  लामो समय देखि गीत संगितमा  संघर्ष गरिरहेका वेदकोट न.पा. , भासीका गायक नवराज कलौनीले आफ्नो पहिलो गीत "म त चरी आउला" युट्युबमा

झण्डै १२ करोडको लागानीमा निर्माण भएको धनगढी फन सीटी सन्चालनमा (फोटो फिचर )

बैशाख १४ , धनगढी ।  कैलालीको धनगढीमा कारीब १२ करोडको लगानीमा निर्माण भएको धनगढी फन सीटी सन्चालनमा आएको छ । दुई बिगाह भन्दा बढी जग्गामा

धौलीको ब्या भयो भन्दै हिट भएका लोकपप गायक चेतन बोहरा फेरि सबैलाई नचाउने गित अम्बर डम्बरवाट चर्चा कमाउदै

हेमराज भट्ट , अत्तरिया , बैशाख ०५ । नेपाली कलाकारिता क्षेत्रमा प्रबेश गरेको  छोटो समयमै थुपै्र चर्चा कमाउन सफल नेपाली लोक पप तथा देउडा गायक चेतन