प्रचण्ड र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

चैत १,धनगढी।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान मुख्यमन्त्री भट्ट र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो ।

मुख्यमन्त्री भट्टले राष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं गएका बेला पूर्वप्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । भेटर्वाताका क्रममा संघीय सरकार र प्रादेशिक सरकारको कामकारवाही, कानुन निर्माणका साथै अन्य राजनीतिक विषयमा महत्वपूर्ण छलफल भएको मुख्यमन्त्रीका प्रेस सहयोगी मिलन परियारले बताएका छन् ।

‘उहाँहरुबीच संघीय सरकार र प्रादेशिक सरकारको काम कारवाही, कानुन निर्माणका साथै अन्य राजनीतिक विषयमा महत्वपूर्ण विषयमा कुराकानी भयो परियारले भने।’ काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट विभिन्न निकायको भेटघाट कार्यक्रममा समेत सहभागी भएका छन् ।(रासस)

 

प्रतिकृया दिनुहोस

(नेकपा) को सचिवालय बैठक आज बस्दै

काठमाडौं,भाद्र २७ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी एकता, सरकारको काम–कारबाही लगायतक  विषयमा छलफल गर्न नेकपा

जनतालाई मारमा पारेर सरकार आफ्नो पार्टी बलियो बनाउंदै छ - कांग्रेस नेता सिटौला

कैलाली, भदौ २५ ।  नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकारले दुई तिहाइको दम्भ देखाउँदै संविधान विपरीत गतिविधि गरिरहेको आरोप लगाएका

मन्त्रीमण्डल हेरफेर गर्ने कुरा प्रधानमन्त्री ओलीले भने झै हुन्छ - प्रचण्ड

काठमाण्डौ ,भाद्र २४ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने