सामाजिक मान्यता बिपरितका जघन्य अपराधमा संअगलग्न जो कोहीलाई पनि कार्बाही हुन्छ ,सबै कमाण्ड प्रदेश सरकारको हातमा नहुँदा केही समस्या भएको छ - मुख्य मन्त्री भट्ट ।

चैत्र १, धनगढी । 
मुख्य मन्त्री त्रीलोचन भट्टले सात नम्बर प्रदेशलाई बिषेश प्राथमिकतामा राख्न केन्द्र सरकारलाई आग्रह गरिएको जानकारी दिनु भएको छ । राष्ट्रपतीको निर्बाचनमा सहभागी भएर आज धनगढी फर्केका मुख्य मन्त्री भट्टले यहा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन।

सात नम्बर प्रदेशमा अझै केन्द्रले पठाएका कर्मचारी पनि नआएको र काम गर्न गार्हो भएको कुरो आफुले प्रधानमान्त्रीलाई राखेको मुख्य मन्त्री भट्टले बताए । भट्टले  सात नम्बर प्रदेश हिजो देखी नै उपेक्षित रहेको थियो त्यसैले पुरानो क्षेतिपुर्ती सहित केन्द्र सरकारले  संघियतामा यो प्रदेशका लागी बजेट छुट्याउनु पर्ने आफुले माग गरेको बताए ।

आफ्ना मागहरुको बिषयमा प्रधानमन्त्री सकारात्मक देखीएको भट्टले पत्रकार सम्मेलनमा जानकारी दिए । "प्रदेश सरकारको काम अब कानुन बनाउन तर्फ केन्द्रित हुन्छ" भट्टले भने "प्रदेश सरकार बनेको धेरै भएको छैन जनताको चाहाना अनुसार भ्राष्चाटार मुक्त समाज ,अार्थिक अनियमितता , काममा ढिलासुस्ती लगाएतका काममा पनि सरकार अबका दिनमा कटिबद्ध भएर लाग्ने छ "।

पछिल्ला दिनहरुमा कैलाली कन्च्नपुरमा घटेका महिला हिंशाका घटनाका बारेमा प्रदेश सरकार गम्भिर नबनेको हो भन्ने पत्रकारहरुको जिग्यासामा मुख्य मन्त्री भट्टले - केन्द्रको र प्रदेशको कानुन नबनेको हुंदा घटनाका दोषीलाई कार्बाहीको दायारामा कसरी ल्याउने भन्ने अन्यौलता रहेपनी सामाजिक मान्यता बिपरितका जघन्य अपराधमा संअगलग्न जो कोहीलाई पनि कार्बाही गरिने बताए।

प्रदेश सरकारले जेष्ठमा बजेट ल्याउनु पर्ने भएकोले सरकारले पहिलो कानुन अर्थ सम्बन्धी सदनमा लैजाने भट्टको भनाई रहेको छ । " अन्य प्रदेशको तुलनामा सात नम्बर प्रदेशमा केही काम छिटो भएको छ" उनले भने -"अस्त ब्यस्त समाजलाई संघियतामा नया गतीका साथ आगाडी बढाउन समय लाग्छ त्यसमा सरकार गम्भिर छ" ।   

प्रतिकृया दिनुहोस

प्रेम आले जब संघिय संसदमा कड्किय र भने -लाज लाग्दैन मन्त्रीजी तपाईंलाई

काठमाण्डौ ,जेठ ३१ ।    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । डोटीबाट निर्बाचित सांसद

प्रदेश सातको आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम सार्बजनिक, एक निर्वाचन क्षेत्र एक खेल मैदान कार्यक्रम देखी बाजुरा जिल्लाको विकासमा असमानता हटाउने सम्मका योजना समाबेश

धनगढी, जेठ २६।  प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आज  प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ  । आज  प्रदेश सभा

नेपाली कांग्रेस कैलालीले अन्तरघात गर्नेलाई कार्बाहीको माग गर्दै २० जनाको नाम सिफारिस

धनगढी ,जेठ २६ ।  स्थानिय तहको र अन्य निर्बाचन भएको लामो समयपछि फेरी नेपाली काङ्रेस कैलालीमा अन्तरघात गर्नेलाई कार्बाही गर्नु पर्ने बिषयमा फेरी बहस