घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई गोली प्रहार गरेको आरोपमा पक्राउ परेका चार बिप्लप माओबादीका कार्यक्रर्ता सार्बजनिक ।

चैत्र १ , धनगढी  ।
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीमाथी बिप्लप माओबादीका कार्यक्रर्ताले आक्रमण गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

बिहीवार जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक बिनोद घिमिरेले चन्दा नदिएको भन्दै आक्रमण गरेको जानकारी दिए  । "चन्दा नदिएको भन्दै बिप्लब माओवादीका कार्यकर्ताले आक्रमण गरेको हुन सक्छ" उनले भने-" अनुसन्धान जारी छ मोटो रकम चन्दा माग गरेको तर मेयरले  अस्वीकार गरेपछि आक्रमण भएको हो" ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई पनि आज सार्वजनिक गरिएको छ । घोडाघोडी नगरपालिका १ का कमल क्षेत्री, वडा नम्बर ९ का भरत शाह, वडा नम्बर ८ का पुर्ण प्रसाद खनाल, र वडा नम्बर १ का ह्दयराज बोगटीलाई सार्वजनिक गरिएको हो ।

उपरिक्षक घिमिरेले  पक्राउ परेका चार जना सहित १३ जनामाथी ज्यान मार्ने उधोगमा  मुद्धा दर्ता गरेको जानकारी दिए  । घटनामा पफरारको सूचीमा रहेकाहरु बिप्लव माओवादीका पश्चिम क्षेत्रका ठुला कमान्डरहरु र जिल्लाका नेताहरु  समेत रहेको प्रहरीले जनाएको छ । बिप्लप माओबादीले भने घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको जनाउदै आएको छ । 

प्रतिकृया दिनुहोस

नेपाल आमाको मुर्तीले पूर्व र पश्चिमलाई जोड्ने छ -जगतगुरु बालसन्त मोहनशरण देवाचार्य

गेटा ,साउन ३ ।  नेपालको प्रमुख जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले तीन करोड नेपाली जनताले अब  नेपाल आमा ढोग्न सुदूरपश्चिम आउनुपर्ने बताएका छन  

प्रदेश ७ मा आर्थिक वर्ष २०७४÷७५ को झण्डै पौने ४ अर्ब विकास बजेट फ्रिज

कैलाली , साउन ३ । प्रदेश नम्बर ७ मा आर्थिक बर्ष २०७४÷७५ को झण्डै पौने चार अर्ब बजेट फ्रिज गएको छ । विगतका आर्थिक बर्षहरु झै यस बर्ष पनि प्रदेश ७ मा तीन

अटो व्यवसायी आन्दोलित

कञ्चनपुर , साउन ३ । भीमदत्त नगरपालिकाले दोहोरो कर उठाएको भन्दै कञ्चनपुरका अटो व्यवसायी आन्दोलनमा उत्रेका छन् । यातायातमा कर तिर्दै आएकोमा