जनता बैङ्क नेपाल लिमिटेडको ९४ औ शाखा अत्तरियामा


हेमराज भट्ट,अत्तरिया माघ २५ ।  
देशैभर बिभिन्न ठाउहरुमा आफ्नो सेवा प्रदान गरिरहेको जनता बैङ्क नेपाल लिमिटेडले आजवाट अत्तरियामा पनि सेवा सुचारु गरेको छ । केहि दिन पहिले ९३ औ शाखाका रुपमा लेखनाथ माहानगरपालिका ६ पोखरामा शाखा स्थापना गरि संञ्चालनमा ल्याएको जनता बैङ्कको ९४ औ शाखा आज अत्तरियामा एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बैङ्कका संञ्चालक गौतम प्रसाद खनालको सभापतित्वमा सुरुभएको शाखाको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउदले गरे । कार्यक्रममा बोल्दै नगरप्रमुख हरि सिंह साउदले स्थानियहरुसंग भएको स साना पुजीलाई संङ्कलन गरि सहि तरिकाले सहि ठाउमा संञ्चालन गर्न बैङ्कहरुले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताए । देशको बिकास संगसंगै बैङ्कको बिकास हुन जरुरी रहेको बताउदै उनले बैङ्कहरु नाफामुखी भन्दा पनि बढि भन्दा बढि ग्राहाकमुखी हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै जनता बैङ्कका क्षेत्रिय प्रमुख धुर्ब कुमार पौडेलले यस क्षेत्रको जनताहरुलाई बैङ्किङ्. कारोवारमा सहज होस भनी शाखा स्थापना गरिएको बताए । उनल भने — पछिल्लो समयमा यहा बैङ्कहरु खुल्ले क्रम बढिरहेको छ , हामी नाफा मुखि भन्दा पनि गा्रमीण क्षेत्रमा बसोबास गर्ने सर्बसाधारणहरुलाई सर्वसुलभ ब्याजदरमा ऋण प्रदान गरि उनिहरुको जिवस्तर उकास्नमा सहयोग गरिरहेका छौ । देशैभरमा जनता बैङ्कका १२५ औ शाखाहरु पुञ्याउने लक्ष्य लिएकोे बताउदै उनले यस बैङ्कमा राज्यको समेत लगानी रहेको बताए । कार्यक्र्रममा बिशिष्ट अथिति रहेका अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष बसन्त रोकाया ललित , गोदावरी नगरपालिका बडा नं २ का बडा अध्यक्ष कृष्णराज सुबेदी, बडा नं १० का वडाअध्यक्ष रविन्द्र शाहि गुड्डु , बडा नं ६ का बडाअध्यक्ष बिर वाहादुर चोखाल लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संञ्चालन क्षेत्रिय प्रमुख धुर्ब कुमार पौडेलले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

प्रदेश नम्बर सातको पहिलो झन्डै १ अरब २ करोड ५ लाखको आँशिक बजेट भोली आउने

बैशाख ८ ,धनगढी ।  प्रदेश नम्बर सातको पहिलो आँशिक बजेट भोली आउने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले संसदमा  दिउसो ३ बजे प्रस्तुत

प्रदेश नम्बर ७ मा बजेट ल्याउने अन्तिम तयारी

बैशाख ३ , धनगढी ।  ७ नम्बर प्रदेशको आंशिक बजेट यसै हप्ता आउने भएको छ।  प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा आशिंक बजेटको अन्तिम

आर्थिक मामिला मन्त्री झपट बोहोरा गृह जिल्ला अछाम पुगेर बजेटको बारेमा सुझाब माग्दै

चैत्र १३ ,अछाम।  गृह जिल्ला अछाम पुग्नु भएका अार्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जिल्ला स्थित सम्पूर्ण कार्यालय प्रमुखहरु संग भेटघाट गरेका