गोदावरीनगरपालिकाको हरैया शिबिर जग्गा बिक्रीमा मेरो कुनै संग्लगनता छैन , शिबिरका शुकुम्बासीको उचित ब्यबस्थापन गरिन्छ - सांसद लेखराज भट्ट ।

चैत्र २ , धनगढी। 
कैलालीको हरैयामा रहेको जग्गा खरिद विक्रीमा आफ्ना  पार्टीका इन्चार्जको नाम जोडीयपछि नेकपा  माओबादी केन्द्र  सात नम्बर प्रदेशले आपत्ती  जनाएको छ ।

भट्टको नाम सहित  धनगढीबाट प्रकाशित हुने एक अनलाइनले छापेपछि पार्टीको प्रचार बिभागले बिग्यप्ती जारी गरी उक्त समाचार कपोकल्पित र झुटा भएको जनाएको छ । आफ्नो नाम जग्गा बिक्री सँग जोडीयपछी माओबादी केन्द्रका नेता एबम कैलाली क्षेत्र नम्बर चारका प्रतिनिधी सभाका सांसद भट्टले गोदावरी एफ .एम सँग कुरा गर्दै  ब्यक्तीको निजी सम्पती किनबेचको अधिकार स्वयम्   ब्यक्तीलाई हुने कुरो शान्ती सम्झौतामा प्रष्ट उल्लेख भएकोले यसमा बिबाद गर्नुको कुनै अर्थ नरहेको जिकिर गरे ।

"युद्दकालमा हरैया शिबिरमा शुकुम्बासीलाई माओबादीले नै बसालेको हो" भट्टले भने -"अब शान्ती सम्झौता भईसक्यो नीजी सम्पती माथिको अधिकार त स्वय जग्गा धनीलाई नै हुन्छ" । पूर्व मन्री समेत रहेका भट्टले त्यंहा  रहेका शुकुम्बासीको ब्यबस्थापनको लागी आफुले सहजिकरण गर्न सकिने बताए । भट्टले भने - "मेरो निर्बाचन क्षेत्रका जनताको समस्या समाधान गर्नु मेरो दायित्व हो ,उनिहरुको उचित ब्यबस्थापन हुन्छ" ।

भट्टले जग्गा खरिद बिक्री सँग आफ्नो  कुनै लेनदेन नभएको बताउदै भने - मेरो जग्गा बिक्री मा  संगालगनता भनी आएका सबै समाचार झुटा हुन  । तकालिन माओबादीले २०६१ सालमा हरैया मा रहेको रण बाहादुर शाहाको  जग्गा कब्जा गरेर सुकुम्वासीलाई  साढे २१ विगाहमा राखेको थियो ।  

गत  माघ २५ गते विक्री भएको उक्त जग्गा  पोखराको सौभाग्य रियल स्टेट एण्ड हाउजिङ्ग प्रालि र प्रालिका तीन जना सदस्यका आफन्तको नाममा मालपोत कार्यालय कैलालीबाट नामसारी गरिएको थियो । 

प्रतिकृया दिनुहोस

(नेकपा) को सचिवालय बैठक आज बस्दै

काठमाडौं,भाद्र २७ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी एकता, सरकारको काम–कारबाही लगायतक  विषयमा छलफल गर्न नेकपा

जनतालाई मारमा पारेर सरकार आफ्नो पार्टी बलियो बनाउंदै छ - कांग्रेस नेता सिटौला

कैलाली, भदौ २५ ।  नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकारले दुई तिहाइको दम्भ देखाउँदै संविधान विपरीत गतिविधि गरिरहेको आरोप लगाएका

मन्त्रीमण्डल हेरफेर गर्ने कुरा प्रधानमन्त्री ओलीले भने झै हुन्छ - प्रचण्ड

काठमाण्डौ ,भाद्र २४ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने