भोली शनिबार बिप्लब निकट माओबादीद्वारा कैलाली बन्दको घोषणा ।

चैत्र २ ,अत्तरिया । 
बिप्लब निकट माओबादीले भोली शनिबार कैलाली बन्दको घोषणा गरेको छ । पार्टीले एक प्रेस बिग्यप्ती जारी गर्दै आफ्ना पार्टीका जिम्मेवार ब्यक्तीहरुलाई प्रहरीले पक्राउ गरी झुटा मुद्दा लगाएको भन्दै बन्द आह्वान गरेको जनाएको छ ।  

केही दिन अघी  कैलालीको घोडाघोडीमा वोक्सीको आरोपमा स्थानिय  राधा चौधरीमाथि निर्मम यातना दिएको घटना बाहिर आएको थियो । उक्त घटनामा घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीले पिडीत महिलालाई न्यान दिनु को साटो मिलापत्र गराएको भन्दै बिप्लप माओबादीले बिग्यप्ती निकालेर मेयर माथि कार्बाही गर्ने चेतावनी दिएको थियो। त्यसको एक दिन पछी मेयर चौधरी माथि गोली प्रहार गरीएको थियो ।

 मेयर ममता प्रसाद चौधरीमाथी बिप्लप माओबादीका कार्यक्रर्ताले आक्रमण गरेको भन्दै प्रहरीले  घोडाघोडी नगरपालिका १ का कमल क्षेत्री, वडा नम्बर ९ का भरत शाह, वडा नम्बर ८ का पुर्ण प्रसाद खनाल, र वडा नम्बर १ का ह्दयराज बोगटीलाई पक्राउ गरेको छ ।

पक्राउ  परेका चार जना सहित १३ जनामाथी ज्यान मार्ने उधोगमा  मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ   । घटनामा पफरारको सूचीमा रहेकाहरु बिप्लव माओवादीका पश्चिम क्षेत्रका ठुला कमान्डरहरु र जिल्लाका नेताहरु  समेत रहेको प्रहरीले जनाएको छ ।  बन्दको पूर्व सन्ध्यामा आज साँझ मसाल जुलुश निकाल्ने बिप्लप माओबादीले बिग्यप्ती  मार्फत जनाएको छ । 

प्रतिकृया दिनुहोस

बुढीतोलामा ट्रयाक्टर दुर्घटना हुदा एक जनाको ज्यान गयो

अत्तरिया ,असोज १ ।   कैलालीको बुढीतोलामा अहिले केहीवेर अघि मात्रै ट्रयाक्टर दुर्घटना हुदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।  गोदावरी

अत्तरियामा जिपको ठक्करवाट एक जना गम्भिर घाईते

अत्तरिया , असोज ०१ । कैलालीको अत्तरियामा जिपको ठक्करवाट एक जना गम्भिर घाईते भएका छन् ।  आज बिहान अत्तरिया स्थित शिव मन्दिर बनखेत अगाढी पुर्ववाट आउदै

आज विश्वकर्मा पूजा ,फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर मनाईदै

अत्तरिया , असोज ०१ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा धुमधामले