हामी किन रोगी हुँदैछौं, कसरी यसबाट उम्कने ?

 

अस्पतालको संख्या बढिरहेको छ । अत्याधुनिक उपचार विधिहरु विकास भइरहेका छन् । अनेकौं उपचार उपकरणहरु उपलब्ध हुन थालेका छन् । चिकित्सा क्षेत्रमा रोजगारको सम्भावना बढेको छ । गाउँ-टोलमा स्वास्थ्य सेवा पुगेका छन् ।

यी विकास कुरा हुन् । सकारात्मक परिवर्तनका कुरा हुन् । तर, खुसीको कुरा होइनन् ।

किन त ?

किनभने स्वास्थ्य सेवाको विस्तार त्यसबेला नै हुन्छ, जब रोगीको संख्या बढ्छ । रोगको संक्रमण बढ्छ । अर्थात स्वास्थ्य सेवामा हुने अनेक उपलब्धी वा विकासको एउटै लक्ष्य हो, रोगको निदान । रोग निदान गर्नुपर्ने अवस्था त्यही बेला आउँछ, जब रोगी बढ्छन् ।

अहिले महाराजगञ्जको शिक्षण अस्पताल पुगौं वा वीर अस्पताल, थरीथरीका रोगले ग्रस्त व्यक्तिहरुको ओइरो देखिनेछ । त्यहाँका दृश्यहरु पीडादायी र अत्यासलाग्दो हुनेगर्छ ।

रोग सबैभन्दा ठूलो सत्रु

नेपालीमा उखानै छ, ‘ऋण लागोस्, दीन नलागोस् ।’ यसो पनि भन्ने गरिन्छ, ‘रोग भन्दा ठूलो सत्रु केहि छैन ।’ वास्तवमै रोग लागेपछि हामी शारीरिक रुपमा मात्र होइन आर्थिक रुपमा पनि सिथिल बन्न पुग्छौं ।

अर्कोतिर रोगले रोगीलाई त गलाउँछ नै, उनका परिवारका सदस्य, नातेदार, आफन्तलाई समेत चैनका साथ जिउन दिदैन । रोग निदानको क्रममा घरबार डुबाउनु पर्ने पनि हुनसक्छ । कतिपय पीडितले उपचारको ऋण तिर्न नसकेर अस्पतालमै आत्माहत्या गरेको खबरहरु पनि बेलाबखत आइरहन्छ ।

जीवन बचाउँनका लागि उपचार खोजिन्छ । त्यही उपचार यति खर्चिलो भइदिन्छ कि, जीवन मूल्याहिन बन्छ । आखिरमा त्यही ऋण चुकाउन नसकेर आफ्नै जीवनलाई नष्ट गर्ने बाटो रोजिन्छ ।

हरेक घरमा रोगी

सायदै नेपालीको परिवार होलान्, जसका सम्पूर्ण सदस्य स्वस्थ्य छन् । निरोगी छन् । फूर्तिला छन् । उर्जावान् छन् । सक्रिय छन् ।

किनभने खोज्दै जाँदा घर-घरमा हामी औषधी फेला पार्न सकिनेछ । कसैको घरमा उच्च रक्तचापको, कसैको घरमा मधुमेहको, कसैको घरमा दमको, कसैको घरमा थाइराइडको । घर-घरमा एउटा न एउटा रोगी भेट्न सकिन्छ ।

एउटा मात्र रोगी हुनु भनेको पनि उक्त परिवारका लागि अनुत्पादक हो । त्यही रोगीको कारण परिवारको आर्थिक व्यायभार बढिरहेको हुन्छ । त्यही रोगीको कारण परिवारमा तनाव हुन्छ । त्यही रोगीका कारण परिवारका अरु सदस्यको समय नष्ट भइरहेको हुन्छ ।

हामीकहाँ पाको एवं वृद्धवृद्धालाई पालनपोषण, औषधी उपचारका लागि सरकारले समुचित व्यवस्था गरिदिएको छैन । त्यही कारण वृद्धवृद्धा पनि परिवारका लागि बोझिलो बनिरहेको हुन्छ । भावनात्मक प्रेम, मानविय संवेदना र उत्तरदायित्वका हिसावले पनि हामी सकीनसकी उपचार गराउँछौं, स्यहार सुसार गराउँछौं ।

अर्थात हरेकजसो परिवारले रोगीकै उपचारमा पैसा र समय खर्चिरहेका छन् ।

आकस्मिक समस्या

हामी शिक्षादीक्षाकाका लागि योजना बनाउँछौं । त्यहीअनुसार खर्चको जोहो गर्छौं । बच्चा जन्मन लागेको छ भने पनि आवश्यक सामाग्री र खर्चको व्यवस्था गर्छौ । जबकी रोग लाग्नुअघि त्यसको सम्भावित खतरा टार्ने हिसाबले अतिरिक्त पैसा बचत गरिँदैन ।

त्यसैले हाम्रो लागि रोग लाग्नु भनेको आकस्मिक दुर्घटनाजस्तै हो, जसले हामीलाई क्षणभरमै अस्तव्यस्त बनाइदिन्छ । सञ्चित पैसा छ भने त, ठिकै छ । पैसा नभएको अवस्थामा ऋण गर्नुपर्छ । उपचार खर्चिलो हुन सक्छ, त्यस्तो अवस्थामा भएको जायजेथा पनि सक्नुपर्ने हुन्छ ।

न औषधीको ज्ञान, न उपचारको

हामीसँग अर्को जटिलता पनि छ । न हामीलाई औषधीको राम्रो ज्ञान छ, न उपचार पद्दतीको ।

जब हामी अस्पताल पुग्छौं, अन्धाधुन्द उपचारको खोजीमा लाग्छौं । त्यसबेला हामीलाई के समेत हेक्का हुँदैन भने, कुन अस्पताल महंगो वा कुन अस्पताल सस्तो । कहाँ राम्रा र अनुभवी चिकित्सक छन्, कहाँ आलाकाँचो चिकित्सक छन् । कहाँ राम्रो सेवा सुविधा छ, कहाँ अव्यवस्थित छ ।

हामी रोग लागेपछि उपचारको लागि अस्पताल पुग्छौं । चिकित्सकलाई देखाउँछौं । चिकित्सकले आवश्यक/अनावश्यक परीक्षणका लागि सिफारिस गर्छन् । हामी चुपचाप त्यसको अनुसरण गर्छौ । औषधी लेखिदिन्छन् । जे-जति औषधी लेखिदिएका छन्, खरिद गर्छौ । कुन कम्पनीको औषधी राम्रो वा नराम्रो भन्ने ज्ञान हामीसँग छैन । साथै कुन औषधीको मूल्य कति हुनुपर्ने भन्ने कुरा पनि थाहा हुँदैन । त्यही कारण हामी अनिश्चित पैसा खर्च पुग्छौं । त्यही खर्चले हामीलाई फेरी सामान्य जीवनमा र्फकन गाह्रो हुन्छ । हामी ऋणमा डुब्छौं ।

अब के गर्ने

रोगी हुनु भनेको वा रोग लाग्नु भनेको हाम्रो लागि निकै जटिल कुरा हो । रोगले हाम्रो जीवनको लय बिग्रन्छ ।

त्यसैले रोग लाग्नु र उपचार गराउनुभन्दा रोग लाग्ने अवस्था नै आउन नदिनु राम्रो हो । हुन त पूर्ण रुपले कोहि पनि स्वस्थ्य नहुन सक्छ । निरोगी नहुन सक्छ । सावधानी अपनाउँदा अपनाउँदै पनि रोग लाग्न सक्छ । रोग लाग्दै नलाग्ने भन्ने होइन, कतिलाई वंशानुगत पनि रोग लाग्छ ।

तर, वर्तमान समयमा लागेका रोगहरुमा हामी पनि जिम्मेवार छौं । कतिपय रोग, हाम्रै लापरवाही, हेलचेक्र्याइँ, असावधानीले लागेको छ । हामीलाई थाहा भएर पनि कतिपय कुराहरु गर्छौ, जो स्वास्थ्यका लागि प्रत्यक्ष हानी पुर्‍याउने खालका हुन्छन् ।

हामीलाई थाहा छ, मदिरापानले पेट, कलेजो, मृगौलामा असर गर्छ । हामीलाई थाहा छ, धुमपानले फोक्सोमा असर गर्छ । हामीलाई थाहा छ, चिल्लोचाप्लो, मसलेदार खानेकुराले कलेजोलाई हानी गर्छ । हामीलाई थाहा छ, धुलो धूँवाले फोक्सो, नाख, कान, आँखालाई नोक्सान गर्छ । हामीलाई थाहा छ, निस्त्रिmय बस्दा शरीरमा रक्तप्रवाह राम्ररी हुन पाउँदैन । हामीलाई थाहा छ, प्रसोधित खानेकुराहरु सेवन गर्दा त्यसले शरीरमा विकार पैदा गर्छ ।

तर, थाहा पाएर पनि हामी थाहा नपाएजस्तो गर्छौं ।

चिकित्सकहरुले भन्ने गर्छन्, वर्तमान समयमा जीवनशैलीसँग सम्बन्धित रोगले धेरैलाई गाँजेको छ । प्राकृतिक चिकित्सा क्षेत्रमा काम गरिरहेका सुदर्शन बस्नेतका अनुसार अहिले जे जति रोगीहरु छन्, त्यसमध्ये धेरैलाई खराब जीवनशैलीको कारण रोगले सताइरहेको छ ।

अर्थात हामी रोगी बन्नुमा हाम्रै खराब जीवनशैली जिम्मेवार छ । र, हाम्रो जीवनशैली खराब हुनुमा सतप्रतिसत हामी नै जिम्मेवार छौं ।

यसो गरे कसो होला ?

रोग लाग्दै नलाग्ने होइन । तर, आफ्नै प्रयासले रोगको भयबाट मुक्त हुन सकिन्छ । यसका लागि केही गर्नुपर्दैन । केवल आफ्नो जीवशैली परिवर्तन गरे हुन्छ ।

जीवनशैली भन्नासाथ खानपान प्राथमिकतामा पर्छन् । हामीले खाने खानेकुरा स्वास्थ्य र पोषिलो हुनुपर्छ । सन्तुलित हुनुपर्छ ।

शरीरलाई दैनिक विभिन्न किसिमको पोषक तत्व आवश्यक हुन्छ । त्यस्ता पोषक तत्व खानेकुराको स्रोतबाट प्राप्त गर्न सक्छौं । तर, खानेकुरा सेवन गर्दा स्वादका लागि होइन, स्वास्थ्यका लागि हुनुपर्छ ।

खाना सन्तुलित, स्वस्थ्य र पोषिलो त हुनुपर्छ नै, खाने तालिका पनि नियमित हुनुपर्छ । बिहानदेखि बेलुकीसम्म खाने समय तालिका निश्चित गर्नुपर्छ ।

बिहान चाँडै उठ्नु पनि स्वास्थ्यका लागि राम्रो हो । बिहान चाँडै उठ्ने, व्यायाम गर्ने, ब्रेकफास्ट लिने, बेलुकी समयमै सुत्ने, हरेक रात सात वा आठ घण्टा सुत्ने, चिन्ता नलिने, पानी पर्याप्त सेवन गर्ने, शारीरिक रुपमा सक्रिय हुने, सधैं सकारात्मक रहने, सफा रहने हो भने हामीमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । रोग लाग्दैन । निरोगी हुन्छौं । खुसी हुन्छौं ।
सभार - अनलाइन खबर 

प्रतिकृया दिनुहोस

'निर्मला पन्त हत्या घटनाको प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाउनु पर्छ' - डा. गोबिन्द केसी

धनगढी,मंसिर १५ ।  डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाएर कारवाही गर्नुपर्ने

अस्पतालहरु सेवा बिहिन-सुदुरपश्चिम प्रदेशबाट ठुलो संख्यामा स्टाप नर्सहरुको सरुवा

अत्तरिया,मंसिर ५ ।   सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्य सेवा विभागले २० जना स्टाफ नर्सको सरुवा गरेको छ। विभागले सोमबार जारी गरेको स्टाफ नर्सको नयाँ